ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

विद्यालयका छात्रामा रक्तअल्पताको डरलाग्दो चित्र

२४ असार २०८१, सोमबार
२४ असार २०८१, सोमबार

कपिलवस्तु, २४ असार । कपिलवस्तुको सामुदायिक बिद्यालयमा अध्ययनरत ६७ प्रतिशत बढि किशोरी छात्रामा रक्तअल्पता (एनिमिया) को समस्या देखिएको छ । लुम्बिनी प्रदेश सरकारको किशोरीहरूको रक्तअल्पता जाँच कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका २४ वटा सामुदायिक बिद्यालयका छात्राको रक्त परिक्षण गर्दा सो तथ्याङ्क देखिएको हो ।

जिल्लाका १० पालिकाका कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत ४ हजार ७ सय ३४ किशोरी छात्राको रगतको नमुना लिई हेमोग्लोबिनको मात्रा परिक्षण गर्दा ३ हजार १ सय ३६ जनामा रक्त अल्पता देखिएको हो । जुन संख्या प्रतिशतमा हेर्ने हो भने ६७ दशमलव ३० प्रतिशत हुने देखिएको छ । रगतमा हेमोग्लोबिनको मात्रा १२ भन्दा कम हुनु रक्तअल्पता हो । परिक्षणका क्रममा ८ भन्दा कम हेमोग्लोबिनको मात्रा हुने (कडा रक्तअल्पता) देखिएकामा १ सय ६१ जना अर्थात ३ दशमलव ४ प्रतिशत छात्रा छन । त्यसै गरि ८ देखी १० दशमलव ९ हेमोग्लोबिन हुने (मध्यम रक्तअल्पता) देखिएकामा १ हजार ८ सय ६५ जना अर्थात ३९ दशमलव ४ प्रतिशत र ११ देखी ११ दशमलव ९ हेमोक्लोबिन (कम रक्तअल्पता) हुने छात्राको संख्या १ हजार १ सय ६० अर्थात २४ दशमलव ५ प्रतिशत देखिएको छ ।

किशोरी र छात्राहरूमा जङ्कफुडको सेवन तथा व्यवस्थित खानपान नहुँदा रक्त अल्पताको समस्या देखिने गर्दछ । खानपानमा हरियो सागसब्जी, दुध, दही, माछा र मासुको सेवन नगर्दा रक्तअल्पता को समस्या आउने स्वास्थ्यकर्मीहरू बताउछन । सर्वेक्षणका क्रममा गरिएको परिक्षणको तथ्याङ्कले समेत नगर, बजार र भारतीय सिमावर्ति क्षेत्र जहाँ जङ्कफुडको उपलब्धता सहज छ त्यहि रक्तअल्पताको समस्या बढि देखिएको छ । जिल्लाको पालिकाहरू तर्फ सबैभन्दा बढि बुद्धभुमी नगरपालिकाका किशोरी छात्रामा रक्तअल्पताको समस्या देखिएको छ । बुद्धभूमि नगरपालिकाको भृकुटी माबि बुड्डी र सिद्धार्थ स्मारक माबि भेलाईका ५ सय १९ छात्राको रगत परिक्षण गर्दा उनीहरू मध्ये ४ सय ४० अर्थात् ८४ दशमलव ७७ प्रतिशत छात्रामा रक्तअल्पता देखिएको छ । जसमा ११ जनामा कडा रक्तअल्पता, २ सय ६९ जनामा मध्यम र १ सय ६० जनामा न्यून रक्त अल्पता देखिएको हो ।

त्यसैगरि बढि रक्तअल्पता दोस्रो पालिकामा कपिलवस्तु नगरपालिका छ । त्यहाँका तिलौराकोट माबि र बुद्धपद्यम माबिका ३ सय ३८ जना छात्राको रगत परिक्षणमा २ सय ७९ जना (८२ दशमलव ५४ प्रतिशत) मा रक्तअल्पता देखिएको छ । त्यसै गरि तेस्रो बढि देखिनेमा जिल्लाको यशोधरा गाउँपालिका हो । त्यहाँका ४ सय ८६ छात्रा मध्य ३ सय ९० (८० दशमलव २४ प्रतिशत) मा रक्तअल्पता देखिएको छ । सर्वेक्षणका क्रममा २४ वटा विद्यालय मध्य जिल्लाको यशोधरा गाउँपालिकाको बासुदेव जनता माबि रंगपुरका १ सय ६९ छात्रा मध्ये १ सय ६७ जनामा अर्थात् ९८ दशमलव ८१ प्रतिशतमा रक्तअल्पता देखिएको छ । बुद्धभूमिको भेलाई स्थित सिद्धार्थ स्मारक माबिमा परिक्षणका क्रममा छात्रामा हेमोग्लोबिनको मात्रा ६ सम्म पनि देखिएको परिक्षणमा सहभागी सोही नगरपालिकाको महुवा स्वास्थ्य चौकीमा कार्यरत ल्याब असिस्टेन्ट ज्ञानेन्द्र बहादुर यादवले जानकारी दिए ।

रक्तअल्पताका तत्कालिन असरहरूमा शारिरीक थकावट र कमजोरी हुने, कार्य क्षमता घट्ने, आलश्य हुने र बौद्धिक क्षमता घट्ने हुन्छ । त्यसै गरि यसका दिर्घकालिन असरमा कार्य क्षमतामा कमी आउने, अन्य रोगको संक्रमण सम्भावना बढ्ने, गर्भावस्थामा रक्तचाप बढ्नुका साथै जटिलता उत्पन्न हुने, मातृ मृत्यु र बाल मृत्युको संभावना बढ्ने, बच्चा कुपोषित र कम तौलको हुने लगायतका समस्या देखिने गर्दछन । जिल्लामा गरिएको सर्वेक्षणमा सहभागी स्वास्थ्य कार्यालय कपिलवस्तुका क्षयकुष्ठ निरिक्षक मोहम्मद ईरफानले यो तथ्याङ्कले जिल्लामा रक्तअल्पताको समस्या गम्भीर भएको देखिएको बताए । उनले बालबालिकालाई जङ्कफुडको सेवन गर्न बाट रोक्न र पोषणयुक्त खाना खाने बिषयमा सचेत बनाउन आवश्यक रहेकोमा जोड दिए ।

२०८० फागुन र चैत्रमा जिल्ला २४ सामुदायिक विद्यालयमा गरिएको सर्वेक्षणमा स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरी, क्षयकुष्ठ निरिक्षक मोहम्मद ईरफान र कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनाल सहभागी थिए । त्यसैगरि सम्बन्धित पालिकाका अनमी, ल्याब असिस्टेन्ट, शिक्षक सहितका ७ जनाको टोलीलाई सहभागी गराई परामर्श तथा रक्त परिक्षण गरि सर्वेक्षण गरिएको थियो । सो क्रममा किशोरीको रगतको नमुना लिई बिद्यालयमै क्याफरिन सलुसन बिधिद्वारा परिक्षण गरिएको हो ।

परिक्षणका क्रममा रक्तअल्पता देखिएका किशोरी छात्रालाई सम्बन्धित स्वास्थ्य संस्था र विद्यालयका शिक्षकको निगरानीमा आईरन चक्की सेवन गराउन थालिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए । त्यसैगरि बिद्यालय किशोरी आईरन कार्यक्रम अन्तर्गत आवश्यकताका आधारमा जिल्लाका सबै बिद्यालयमा आईरन चक्की बितरणका लागी उपलब्ध गराईएको उनले स्पष्ट पारे । सो चक्की हप्तामा १ पटकका दरले तिन महिना निरन्तर र सो पश्चात पुनः तिन महिना रोकेर फेरी तिन महिना पछि निरन्तर सेवन गराउन थालिएको उनले स्पष्ट पारे । चाउचाउ, चिप्स, कुरकुरे, बिस्कुट, कोल्ड ड्रिक्स, मम, चाउमिन, डोनट, पपकर्न लगायतका जङ्कफुडको सेवनमा बालबालिकाको बढ्दो प्रभाव र पोषणयुक्त हरियो सागसब्जी, तरकारी, माछा मासु नखादाँ किशोरी छात्रामा रक्तअल्पताको समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरूको बुझाई छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?