ट्रेंडिंग:

>> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ

जलमग्न शहरः दोषी को ?

२४ असार २०८१, सोमबार
२४ असार २०८१, सोमबार

यही बैशाख २९ गतेको राती केहीबेर पानी परेपछि बुटवलको मुख्य बजार क्षेत्र अमरपथ डुवानमा प¥यो । कालिकानगरमा रहेको होराईजन स्कूलले त कक्षा संचालन गर्न नसकिने भनेर बिदा नै दियो । असारको दोश्रो साता पहिलोपटक ठूलो पानी पर्ने बित्तिकै भैरहवाको बैंकरोड जलमग्न भयो । असारको २१ र २२ गते परेको पानीले गर्दा नेपालका बिराटनगर, बिरगञ्ज, हेटौडा, काठमाण्डौ, पोखरा, धनगढ़ी लगायतका शहरका विभिन्न वस्तीहरू डुवानमा परेका समाचारहरू आईरहेका छन् । लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती गाउँपालिकाका खोला खोल्साहरूको पानी छेउछाउको क्षेत्रमा फैलिएर प्रदेश सरकारका मन्त्रालयहरू रहेको क्षेत्र डुवानमा पर्दा मन्त्रालय र अन्य सरकारी कार्यालयहरूमा पानी पसेका दृश्यहरू सामाजिक संजालमा आईरहेका छन् । पानी पर्नासाथ शहरभित्रका सडक नदी बन्ने दृश्य शहरी क्षेत्रका लागि अब नौलो रहेन् । ठूला खोलाहरू नभएको र ठूलो पानी पनि नपर्दै नगरपालिकाका मुख्य क्षेत्रहरू डुवानमा पर्दा हाम्रो ठाउँको शहरीकरणको भविष्य कस्तो होला भन्ने प्रश्न उब्जिएको छ ।
शहरी क्षेत्रमा डुबान हुनुमा मानवीय दोष नै बढी रहेको देखिन्छ । तराईका कुनैपनि नगरपालिकाहरू योजनावद्ध ढंगले निर्माण गरिएका नगरपालिकाहरू हैनन् । आफूखुसी ढंगले घर र सडक निर्माण गरेर बाक्लो वस्तीहरू बनेका क्षेत्र नै अहिलेका नगरपालिकाहरू हुन् । मुख्य बजार क्षेत्र र महंगा घडेरी भएका अन्य क्षेत्रमा घर बनाउँदा खाली जमिन छोड्ने चलन छैन । जसले गर्दा वर्षातको पानी जमिन भित्र सोसिने ठाउँ समेत पाइदैन । शहरी क्षेत्रमा वर्षाको पानी जमीनभित्र प्रवेश गर्न नपाउँदा सबैजसो पानी बाटो र नालाबाट बग्दै गएर खुला ठाउँमा पुग्ने गरेको पाइन्छ । कतै खुला ठाउँ फेला नपर्दासम्म सडक, नाला हुदै छेउछाउका घर भित्र समेत भेलको रूपमा यस्तो पानी पस्ने गरेको छ ।
शहरी क्षेत्र डुवानमा पर्नुको अर्को मुख्य कारण सडक निर्माणमा गरिएको लापरवाही हो । भैरहवा, परासी, लुम्बिनी, तौलिहवा, नेपालगंजको अधिकांश भु–सतह होचो भएकोले वर्षातको समयमा पानी जम्ने सम्भावना बढी हुन्छ । यी क्षेत्रमा होचो भागमा जम्मा भएको पानी घोलाको रूपमा बग्ने गर्दथ्यो । पछिल्लो समयमा यी नगरपालिकाम मुख्य र भित्री सडक निर्माणमा तीव्रता आएको छ । नाली मिचेर सडक बनाउने, सडकको विचमा पानी निकासको लागी कल्भर्ट नराख्ने, वरिपरिको जमिन भन्दा धेरै अग्लो सडक बनाउने गरिएकोले सडकहरूले वर्षातको समयमा बाँधको काम गरेकोले पानी निकास हुन नसक्दा शहरी क्षेत्रमा डुवान हुने गरेको देखिन्छ । शहरी क्षेत्र र घना बसोवास क्षेत्रहरूमा ढल निकासको व्यवस्था छैन र बनाइएका ढलहरू पनि मर्मत सम्भारको कमीले गर्दा भत्किएका र पुरिएका छन् । ढलको अभावले गर्दा वर्षायाममा घना वस्ती र बजारको पनि सडक र घरहरूको विचबाट बग्ने गरेको छ । आफ्नो घर अगाडिको नाला र ढल आफुले मिच्ने, पुर्ने अनि वर्षायाममा बाटोले ढलको रूप लिँदा सरकारलाई सराप्ने प्रवृतिले गर्दा शहरी क्षेत्रमा डुवान समस्या बढिरहेको छ ।
अचेल पानी पर्नासाथ बुटवल–बेलहिया सडकमा यातावात नै अवरुद्ध हुनेगरी डुवान हुने गरेको छ । सडक छेउमा नाला बनाउदा फलामे हुक भएका सिमेन्टेड स्लाब प्रयोग गरिएको छ । स्लाबमा भएका हुकमा फोहरमैला अड्किएर सडक किनारको नाली भरिएको र अधिकांश ठाउँमा सडक भन्दा नाली अग्लो भएकोले सडक किनारको नालीबाट नभई मुख्य सडकमा नै वर्षातको पानी खोला जस्तै गरि बग्ने गरेको छ । सडक बनाउँदा नाली बनाइएको भएपनि त्यो नालीको पानी बगेर जाने अर्थात् ढल निकासको गन्तब्य नै छैन, जसले गर्दा सडक सधैभरी वर्षातको समयमा खोला बन्ने र सडकले शहरी क्षेत्रमा दिर्घकालिन रूपमा डुवान समस्या उत्पन्न गरिरहने संकेत देखा परिसकेका छन् ।
तराईका किसानहरू नदीमा आधारित सिंचाइमा आश्रित रहदै आएका छन् । सिँचाइका लागि किसानहरूले तराइमा कुलो र नहरको जालो नै निर्माण गरेका छन् । यी कुलाहरूले सिंचाइमा सघाएका मात्र छैनन्, वर्षातको ढल निकासको काम समेत गरिरहेका छन् । तराईका पुराना शहर र त्यसको छेउछाउका क्षेत्रमा वस्ती विस्तार हुदै जाँदा प्लटिंग र सडक निर्माणले तिब्रता पाएको छ, जसको प्रत्यक्ष असर त्यहाँका कुलोहरूमा परेको छ । कुलोलाई साँघुरो पारेर घर, पर्खाल बनाइएको कारणले जीवित कुलोहरू पनि अत्यन्त साघुरा बनेका छन् । अतिक्रमणले गर्दा बर्दघाट, सुनवल, देवदह, बुटवल, तिलोत्तमा, सैनामैना नगरपालिकाका बजार क्षेत्रका कुलोहरू अहिले हराइसकेका छन् । केही ठाउँका कुलोहरू चुरेको खहरे खोलाका कारणले भुक्षयको चपेटामा परेर हराउदै गैरहेका छन् ।
सबै नगरपालिका र नगरोन्मुख क्षेत्रका खोला र घोलाहरू पुरिएका र खुम्चिएका छन् । २ दशक अघिसम्म २० फुटसम्म चौडा भएका कुला र खोल्साहरू अहिले ३ फुटमा सिमित गरिएको छ । खासगरी शहरी क्षेत्रमा रहेका पानीका प्राकृतिक वहावको रूपमा रहेका खोल्सा, घोला र खोलाहरू मिचेर पर्खाल लगाएर घर र अन्य भौतिक निर्माण गर्ने क्रम बढ्दो छ । नदी उकास जग्गामा वस्ती बसाल्ने र नदीलाई नै साघुरो बनाउदै जाने प्रवृति जताततै बढिरहेको छ. । नदी साघुरो हुँदा लामो समय भएको वर्षाको पानीलाई नदीले थेग्न सक्दैन र बाढी बनेर वस्तीमा पस्ने गरेको छ.। परासी, बर्दघाट र खैरेनी बजार डुबानमा पर्नुको मुख्य कारण यहि हो । अहिले शहरी क्षेत्रमात्र नभएर नगरोन्मुख क्षेत्रमा समेत वर्षातको पानी बगेर निस्कने प्राकृतिक संरचनाहरू नै जीवित छैनन् । आकाशबाट परेको र चुरेको क्षेत्रबाट आएको पानी सोसिने ठाउँ नहुने र जम्मा भएको पानी बाहिर निस्कने ठाउँ समेत अति कम भएको कारणले गर्दा शहरी क्षेत्रमा डुवानको समस्या विस्तारै बढ्दै गएको छ ।
शहरी क्षेत्रमा हुने डुवान जल उत्पन्न प्रकोप नभएर मानव निर्मित प्रकोप हो । खोलाको बाढी पसेर डुवान हुनुलाई स्वाभाविक मान्न सकिन्छ तर अव्यवस्थित बसोबास, अदुरदर्शी तथा अबैज्ञानिक भौतिक निर्माण जस्ता कारणले भैरहेको डुवानका मुख्य दोषी स्थानीय वासिन्दा, नगरपालिका र भौतिक निर्माणका कामहरू गर्ने सरकारी निकाय नै हुन् । केही व्यक्तिहरूको स्वार्थ र जिम्मेवार निकायको लापरवाहीको कारणले शहरी क्षेत्रमा डुवान समस्या बढिरहेको छ र त्यसबाट शहरी क्षेत्रको बसाइ, सुन्दरता, आवतजावत र ढल निकासमा प्रतिकुल असर परिरहेको छ । शहरी क्षेत्रमा हुने डुवानले बर्षेनी व्यवसायिक क्षेत्रले ठूलो क्षति भोग्दै आएको छ । अहिले यो समस्यालाई गम्भीर रूपमा हेरिएन भने आउँदा वर्षहरूमा नगरवासीहरूले अझै बढी डुवान समस्या भोग्नुपर्ने अवस्था आउने निश्चित छ । त्यसैले तिनै तहका सरकारले हिम्मत गरेर पहिलेका खोला, कुलो र खोल्साहरूमा भएका अतिक्रमणलाई हटाएर पूर्ववत अवस्थामा ल्याउने कार्य गर्नुपर्छ । भित्री सडक बनाउँदा अनिवार्य रूपमा नालाहरू बनाउने र ती नालीहरूमा बग्ने पानीको निकासको व्यवस्था समेत गर्नुपर्छ । मुख्य राजमार्गका नालीहरू सफा गर्ने र त्यसको निकासको व्यवस्था गरेमा राजमार्गमा बग्ने खोलालाई नियन्त्रण गर्न सकिन्छ । आफुले घर बनाउँदा र आफ्नो क्षेत्रमा भौतिक निर्माणका कामहरू हुँदा पानीको निकास रोकिनु हुदैन भन्ने कुरामा सचेत हुने हो भने पक्कैपनि शहरी डुबान समस्या अन्त्य गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?