Butwal Today

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र डुबानमा, मन्त्रालयहरु जलमग्न (तस्विरहरु)

२२ असार २०८१, शनिबार
अ+
अ-

बुटवल ।

दाङमा गएराती देखि परेकाे अबिरल बर्षाले राजधानी क्षेत्र जलमग्न भएको छ । लगातारको भिषण बर्षाका कारण दाङकाे देउखुरी क्षेत्र डुवानमा परे सँगै बस्तीहरु समेत डुबानमा पर्न थालेका छन।

ढल निकास सम्म नहुँदा मन्त्रालयहरु अहिले भित्र बाहिर गर्न सक्ने गरि डुबानमा परेका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय डुबानमा परेका छन् भने अन्य मन्त्रालयहरुको आँगन पनि जलमग्न भएको छ ।

डुबानका कारण मन्त्रालयभित्र र बाहिर आउजाउ गर्न नसक्ने र भित्र कार्यकक्षमा समेत बाढि पसे जस्तै भएको कर्मचारीहरु बताउँछन । मन्त्रालय राखिएका भवनहरू भएको भुभाग काे स्थान होंचो भएको हुँदा डुबानको समस्या भएको उनिहरु बताउँछन्। वर्षाले जम्मा भएको पानीको निकास नहुँदा डुबानमा उनिहरु बताउछन ।

राजधानी स्थापना भएपछि पानीको सहज निकास छैन । जसले गर्दा प्रत्यक बर्ष समस्या दोहोरिने गरेको छ । तीन अर्बको लागतमा राजधानी क्षेत्रमा प्रशासनिक भवनहरु निर्माणको काम भइरहेको छ । एक झर पानी पर्दा पनि संकलन भएको पानीको उचित निकास छैन् ।

पक्की नाला निर्माण गरेर पानीको निकासको व्यवस्थापन गरिएको भएपनि सहज रुपमा पानी बग्ने गरेको छैन् । हाल चालु र निर्माणाधिन रहेका मन्त्रालयको परिसरमा पानी जम्मा भएको थियो । गत बर्ष पनि मन्त्रालयहरुमा यस्तै डुबानको समस्या थियो ।