Butwal Today

दाङमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२२ असार २०८१, शनिबार
अ+
अ-

दाङ, २२ असार ।

दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु भएको छ । राप्ती गाउँपालिका – १ को गुराँस फार्मेसी नजिकै मिनी ट्रकको ठक्करबाट गढवा गाउँपालिका –१ निवासी ४४ वर्षका सन्तोषकुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा घोराहीबाट नारायणघाट तर्फ जाँदै गरेको रा १ ख २०६३ नम्बरको मिनी ट्रकले बिपरित दिशातर्फ गइरहेको लु १४ प ४९९९ मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकल चालक योगीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका योगीलाई स्थानीयले उद्दार गरी प्रस्तावित भालुबाङ अस्पताल पु¥याइएको थियो । टाउको र खुट्टामा गम्भीर चोट लागेका योगीलाई चिकित्सकले मृत घोषण गरेका थिए । योगीको शवलाई प्रस्तावित भालुबाङ अस्पताल राखिएको छ भने मिनी ट्रक र चालक घोराही –१३ का ३२ वर्षका राजकुमार बिकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।