Butwal Today

दाङमा बिषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु

२२ असार २०८१, शनिबार
अ+
अ-

दाङ,२२ असार ।

दाङमा बिषालु सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–२ नयाँ बस्ती निवासी ६८ वर्षीय डल्ले कुमाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो शुक्रबार बेलुका साढे ८ बजेको समयमा बिषालु सर्पले टोकेको थियो । लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा कुमालको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

यस्तै ४ वर्ष पहिले सर्पको टोकाईबाट कुमालको नातीको समेत मृत्यु भएको थियो ।।