ट्रेंडिंग:

>> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली

कालिकाका विद्यार्थीले रोपे धान,सिके खेती

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

बुटवल, २२ असार ।

बुटवल कालिकानगरमा जन्मी हुर्किएकी दुर्गा पौडेलले १७ वर्षको उमेरसम्म खेतबारीमा टेक्ने अवसर नै पाएकी थिइनन् । घरमा पाका पुस्ताले खेतीपातीको बारेमा सुनाउने अनुभव, विद्यालयमा शिक्षकले पढ़ाउँदा गरेको कृषिको वर्णन र टेलिभिजन हेरेर खेतीपातीको बारेमा धेरै कुरा बताउन सक्ने भएपनि उनले आफैले खेतमा टेकेर अनुभव गर्न पाएकी थिइनन् ।

शनिबार बिहान भने दुर्गाले झरीमा रुझ्दै धान रोप्ने र खेतीपातीका अनेकौ कामहरुको बारेमा जान्ने अवसर पाइन् । उनले रोपाहारसंग धान रोप्न मात्र सिकिनन् किसानका समस्याहरु समेत बुझ्ने अवसर पाइन् । उनलाई यो अवसर दिलाएको थियो उनी पढ्ने विद्यालय कालिका मानवज्ञान माविको ’किसानसँग विद्यार्थी’ कार्यक्रमले ।

कालिका मानवज्ञान माविमा कक्षा ९ देखि १२ सम्म अध्ययन गरिरहेका ४० जना विद्यार्थीहरु शनिबार बिहान तिलोत्तमा ८ शान्तिनगर स्थित गौरीलाल कंडेलको खेतमा पुगेका थिए । ती मध्ये अधिकांश विद्यार्थीहरु बुटवल बजारमा जन्मी हुर्केकाले धान रोपाईको बारेमा प्रत्यक्ष अनुभव गर्न नपाएका विद्यार्थीहरु थिए । विद्यार्थीहरुलाई रोपाईको जानकारी दिनको लागि किसानसँग विद्यार्थी कार्यक्रमका संयोजक दिपक बन्जाडेले विद्यार्थीहरुलाई खेतसम्म पु¥याएका थिए ।

रातिदेखि पानी परिरहेकोले विद्यार्थीहरुलाई रोपाई देखाएर मात्र फर्काउने योजनामा बन्जाडे थिए । तर विद्यार्थीहरुको उत्सुकता देखेपछि उनी स्वयम् खेतमा पसे अनि झरीको पर्वाह नगरी विद्यार्थीहरु पनि रोप्न ठिक्क पारेको खेतमा धान रोप्न पुगे । खेत रोपिरहेका रोपाहारले बिउ गोड्ने र धान रोप्ने तरिका सिकाएपछि विद्यार्थीहरुले एक घण्टासम्म अन्य रोपाहार सरह धान रोपे ।

खेतमा पुगेर रोपाई गर्न पाउँदा आफुलाई जिम्मेवारीबोध महसुस भएको कक्षा १२ मा कानून अध्ययनरत छात्र प्रिया पाण्डेले बताइन् । उनी भन्छिन, ‘कक्षामा किताब पढेर गरेको अध्ययनले कृषि उत्पादनको प्रक्रियाको बारेमा जानकारी दिएपनि किसानको मेहनत, पसिना, दुख र माटोसंगको भावनात्मक सम्बन्ध महसुस गर्न पाईएको थिएन, किसानसंगै खेतमा पुगेर रोपाई गर्दा अन्नको वास्तविक मूल्य र महत्व थाहा पाउन सकियो, यसले किसानप्रति मनमा अझ बढी सम्मान विकास भएको छ ।’

कक्षा ९ मा अध्ययनरत छात्र स्वरुप न्यौपानेले विद्यालयले संचालन गरेको किसानसँग विद्यार्थी कार्यक्रमले गाउँघरलाई बुझ्न र खेतीपाती गर्ने सिप हासिल गर्न सहयोग गरेको बताए ।

विद्यार्थीलाई रोपाई गर्ने सिप सिकाउन सहजीकरण गरेकी स्थानीय किसान माया बलालले विद्यार्थीहरुले कृषि सम्बन्धी जानकारी दिंदा निकै उत्सुकताका साथ सुनेको र रोपाई सम्बन्धी काम छिटो सिकेको बताउँदै सबै विद्यालयहरुले विद्यार्थीहरुलाई खेतबारीमा नै लगेर कृषि सम्बन्धी जानकारी दिने र अभ्यास गराउने हो भने खेतीपाती गरेमा सानो भइन्छ भन्ने मानसिकतामा कमी आउने र कृषि क्षेत्रमा युवाहरु अडिने अवस्था आउन सक्ने कुरामा जोड दिईन् ।

किसानसँग विद्यार्थी कार्यक्रमका संयोजक दिपक बन्जाडेले विद्यार्थीहरुलाई कृषिको व्यावहारिक ज्ञान र सिप नहुँदा कृषि कार्य गर्न नचाहने र किसानलाई राम्रो दृष्टिले नहेर्ने प्रवृत्ति विकसित हुँदै गएकोले विद्यार्थीहरुलाई कृषिको अवस्था, सम्भावना र समस्याहरुको जानकारी दिन, कृषि पेशाप्रति सकारात्मक बन्न र कक्षामा पढेको किताबी विषयवस्तुलाई व्यावहारिक बनाउनको लागि विद्यालयले विगत ४ वर्षदेखि किसानसँग विद्यार्थी कार्यक्रम संचालन गर्दै आएको बताए ।

किसानसँग विद्यार्थी कार्यक्रम विद्यार्थीको क्षमता विकास गर्न विद्यालय श्रोतबाट संचालन गरिने नियमित कार्यक्रम भएको र यस अन्तर्गत विद्यार्थीहरुलाई समूह बनाएर खेतीपाती, तरकारी र बागवानी, कृषि वन, पशुपंक्षीपालन, मत्स्यपालन गरिएको क्षेत्रमा स्थलगत अवलोकन गराउने, किसानसँग अन्तत्र्रिmया गराउने र कृषि सम्बन्धी विभिन्न विज्ञहरुलाई विद्यालयमा बोलाएर विद्यार्थीहरुसंग अन्तत्र्रिmया गराउने कार्य गरिरहेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

विद्यार्थीहरुलाई रोपाई सिप सिकाउने काममा विद्यालयका शिक्षकहरु राजेन्द्र रेग्मी, डीआर पाण्डे, निशा ज्ञवाली, विष्णु कुमारी पौडेलका साथै स्थानीय कृषकहरुले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?