ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

हामीले कहिले होला हर्क हर्कदिवस मनाउने ?

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

यो हामीलाई भविष्यमा हाम्रा नातिनातिनाले सोध्ने प्रश्न हो । अहिले वश्व खुसी कहाँ पाइन्छ भनेर धुद्दाइरहेको छ । अब मानव विकास सूचकाङ्क खुसीको स्तरमा खोज्ने चलन आइसक्यो । तर हामी भने कसैको दुःखमा साप्रा बजाएर रमाउने संस्कारबाट मुक्त हुन सकेका छैनौँ । सन्दर्भ हिँजोको एस्इइ परीक्षाफल प्रकाशनको हो । परीक्षाफल प्रकाशनपछि सञ्चार जगत् सन्सनायो । शिक्षाका विश्लेषकले कहीँ अनुहार देखाएर कहीँ अनुहार नदेखाएर, कहीँ लेखेर अर्ती उपदेश पोख्न लागे । मानौँ यो जीवनमा आजै एउटा अनौठो घटना घटिरहेको छ र यसका बारेमा म नै जानिफकार हुँ भने जसरी ।

नेपालभरि झन्डै अठचालीस प्रतिशत सफल भए रे । झन्डै ५२ प्रतिशत फेल भए रे र यी दुईटा झन्डैका बीचमा रहेको झन्डै एक प्रतिशतको परीक्षाफल रोकिएको रे । यही हो मैले बजार हल्ला सुनेको । मलाई यति भए पुग्यो । म मान्छेलाई सामानलाई, कुनै कामलाई झैँ प्रतिशतमा राख्न हुँदैन भन्ने मान्छेलाई अरू चाहिँदा पनि चाहिएन । मुहार पुस्तिका अर्थात् फेसबुक बधाईका पुष्पहारले रँगियो । तर म नकारात्मक भएर त होला नि त्यो बधाईका पुष्पहारमा ती ५२ प्रतिशत भनिएका नानी बाबुका आँसुका धारा देखेँ । वास्तवमा यो परीक्षाफल प्रकाशनको दिन एक उदास दिन अझ भनौँ भने शोक दिवस जस्तै लाग्यो । जहाँ बहुमत रोइरहेको छ त्यहाँ खुसी कसरी टिकाउन सकिएला !

ए मनुवा हो ! मान्छे आफैमा पूर्ण हो । आफैमा शतप्रतिशत हो । हाम्रा ऋषिमुनिहरूले भन्ने गरेका पूर्णब्रह्म बोकेको व्यक्ति कसरी अंशमा प्रतिशतमा नापिन्छ जोखिन्छ र ? व्यवहार पनि हेरौँ न । मेरा विद्यालयले ९० प्रतिशत ल्यायो तर मेरो सन्तान बाँकी दश प्रतिशतमा प¥यो भने म मेरा विद्यालयले ९० प्रतिशत ल्यायो भनेर हिँ हिँ गर्दै कसरी हिँड्न सकुँला र ? आज असफल भनी घोषणा भएका सन्तानका घरमा मावल फुपू फुपाजुका घर दिदी भिनाजुका घर सानीमा ठूलीआँका घरसम्म त्यो मलीन खबर कुँदेको कुँदै छ ।

म सञ्चारकर्मीलाई भन्ने गरेको छु तपाईँहरू हाम्रा देवर्षि नारदका पछुवा हो अर्थात् फलोअर हो । देवर्षि नारद सधै दुःखमा परेका अप्ठ्यारोमा परेकासित जान्थे र उद्धार गर्थे । मूर्खसित जान्थे र ज्ञानी बनाउँथे । प्रख्यात डाँकू रत्नाकरलाई आदिकवि वाल्मीकि बनाए नारदले । प्रह्लादकी आमा कयादु अपहरणमा पर्दा अपहरणकारीसित पैँठेजोरी खेलेर फुत्काएर आफैले पाले । तर आजका उनैका फलोअर कता पीडा छ भनेर हेर्न सकिरहेको कम देखिन्छ ।

अझै पनि बालबालिकालाई कसरी फेल भइन्छ भन्ने सम्म थाहा छैन । कम्तिमा यो थाहा पाउने अवस्थासम्म त हामी सिकाउँ । ता कि उनीहरू पहिलैदेखि म त्यो सीमाभित्र पर्न सक्तिनँ भन्ने थाहा होस् । तर यत्ति सिकाउन सके त व्यक्ति आफू शतप्रतिशत हुने काइदा पनि थाहा पाइहाल्ने अवस्थामा पुगिहाल्थे । हामी बुद्धभूमिका मान्छे । बुद्धको दुःख निवारणका सूत्र घोकेका तर व्यवहारमा उतार्न नसकेका मान्छे । बुद्धका ४ आर्य सत्य, दःख छ, दुःखको कारण छ, कारणको निवारणको उपाय पनि छ र यसबाट सर्वथा मुक्त हुन सकिन्छ । सबै सकारात्मक कुरा !

हामी शनि सङ्कटाको दोषबाट बच्न शनिबार पीपलका बोटमा पानी हाल्दैछौँ । बोटको फेँदमा पानी हाल्छौँ । यो संस्कार सिक्नु छ । यसलाई शिक्षा क्षेत्रमा लागू गर्नुछ । भनिन्छ, प्रारम्भिक कक्षा अर्थात् कक्षा १ देखि ३ सम्म पढ्नका लागि सिक्ने उमेर हो बेला हो र सोभन्दा माथि सिक्नका लागि पढ्ने बेला हो । हामी यहीँ निर चुकिरहेका छौँ । पढ्नका लागि सिक्ने बेलामा राम्ररी पढ्न सिकाएनौँ । तर दोष दियौँ फेरि निरन्तर मूल्याङ्कन पद्धतिलाई र उदार कक्षोन्नति प्रणालीलाई । अनि बालबालिकाहरू पद्धतिका नाममा हाम्रो अध्खलो सोचका कारण पीडामा परे । जसले प्रारम्भिक कक्षामा शुद्ध र छिटो पढ्न सक्यो ऊ त कहिल्यै असफल हुनै सक्तैन । यो कुरा न हामीले बुझ्न सक्यौँ न बुझाउन सक्यौँ । यो कक्षा एकदेखि तीनको पीपलको फेँदमा पानी हाल्न सिक्यौँ भने दशमा मात्रै हैन कुनै कक्षामा पनि असफल हुनै सक्तैनन् ।

भैसी गाई बच्चो वा टेकोमा पुगेर तुहिन्छ र ? कहिल्यै पनि तुहिन्न । तर आज मेरो सन्तान टुङ्गोमा पुग्यो भनेर अभिभावक ठूलो आस गरी बस्दा निराश हुन पुगेका छन् । पाका पुरानाहरू भन्ने गर्नुहुन्थ्यो स्वर्गको बात र गर्भको बात जानिन्न भनेर । तर अहिले त्यो छैन । मौसमको भविष्यवाणी पनि मिल्दै छ र गर्भमा के छ भन्ने पनि थाहा पाइने अवस्था छ । तर हामीले बालबालिकालाई कति पढ्नुपर्छ र कति लेखेपछि पास भइन्छ भन्नेसम्म सिकाउन सकिरहेका छैनौँ । आजको जमानामा यो निकै लज्जाजनक कुरा हो ।

मैले आज अक्षर लेख्न सकिनँ । किनकि अक्षर ! त्यो अविनाशी शब्दलाई यो दुःखको भुँमरीमा कसरी राखूँ ? त्यसैले मैले केवल केही बेफ्वाँकका शब्दहरूको थुप्रो लेखेर कागज रङ्गइरहेको छु । मेरा भनाइको कुनै अर्थ छैन । मेरा लागि बजेट भाषणमा तलब बढाउने तलब बढाउने घोषणा गर्नु र एसइइ परीक्षाको परीक्षाफलको घोषणा गर्नु उस्तै हो । हरेक दिन शिक्षाका सकारात्मक समाचार मिडियाकर्मीले प्राथमिकतामा राखे शिक्षा क्षेत्रमा लागे सकारात्मक परिवर्तन हुन्छ । नत्र आगो सल्केपछि कुवा खन्ने कुराले कहिल्यै सुधार हुने छाँट देखिन्न । हामीले कहिले होला हर्क हर्कदिवस मनाउने ? लौ मिडियाकर्मीज्यूहरूकै मर्जी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?