ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

नुनलगायत खाद्यबस्तुको मुल्य वृद्धि फिर्ता लिन नागरिक समाजको माग

२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

घोराही, २१ असार ।

नेपाल सरकारले नुनलगायत अति आवश्यक खाद्यबस्तुको मूल्य वृद्धि गरेकोप्रति नागरिक समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा खाद्यबस्तुको मूल्य वृद्धि हुनु दुखद रहेको भन्दै अविलम्ब वृद्धि फिर्ता लिन सम्बद्ध सरोकारवालालाई आग्रह गरिएको छ । नूनको मुल्य एकाएक भारीमा मात्रामा वृद्धि गरिनु गरिब निमुखा नागरिकको हीत विपरित रहेको ठहर गर्दै समाजले मुल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

यसैगरी, अहिले मनसुन सक्रिय भई पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी, डुवानको उच्च जोखिम रहेकाले आम नागरिकको जीउ धन एवम् पशु चौपायाको सुरक्षामा सचेत रहन तथा भवितव्य भई हालेमा तत्काल उद्धारको संयन्त्र तैनाथी अवस्थामा राख्न सम्वद्ध सुरक्षा एवम् विपद व्यवस्थापन समितिलाई नागरिक समाजले आग्रह गरेको छ ।

लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएका, यातायात अवरुद्ध भएका र बस्तीमा बाढी पसेका खबरहरु आई रहेको हुँदा मानवीय तथा भौतिक नोक्सानी हुन नदिन सबैलाई सचेत रहनसमेत नागरिक समाजले अपिल गरेको छ ।

मनसुनी गतिविधि निकै सक्रिय रहेको हुँदा विपत व्यवस्थापन जिल्ला समिति, स्थानीय सरकार, विपत प्रतिकार्यमा खटिने सामाजिक संघसंस्थाहरु, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दल र सबै जिल्लाबासीहरुलाई होसियार रहनसमेत समाजले सचेत गराएको छ ।

‘विभिन्न स्थानमा पहिरो गएका, यातायात अवरुद्ध भएका र बाढी पसेका खबरहरु आईरहेका छन् । अतः यस्तो अवस्थामा मानवीय र भौतिक नोक्सानी हुन नदिन सबैमा सचेत रहन आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यस सन्दर्भमा विपत व्यवस्थापन जिल्ला समिति, स्थानीय सरकार, विपत प्रतिकार्यमा अभ्यस्त सामाजिक संघसंस्थाहरु, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताहरु र सबै जिल्लाबासी नागरिकहरुमा होसियार रहन हार्दिक अपिल गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?