ट्रेंडिंग:

>> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ

ठेक्का लिएको ५ बर्षमा ठेकेदारले सिन्को भाँचेन

कालाकाटे–गढवा सडक अलपत्र
२१ असार २०८१, शुक्रबार
२१ असार २०८१, शुक्रबार

लमही, २१ असार । ६५ करोडको लागतमा २०७६ कार्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम फेरि मंसिर २२ गतेदेखि शुरु गरेझै गरे पनि कामै भएन । अहिले धैरेनीदेखि गढवासम्म काम भएकै छैन भने धैरेनीदेखि पूर्वको क्षेत्रमा पनि बीच बीचमा काम बाँकी रहेको स्थानीयले बताएका छन् ।
हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख लिला भण्डारीले निर्माण व्यवसायीले पटक–पटक काम गर्नेभन्दै काम नगरी सरकारको आँखामा छारो हाल्ने काम गरेको बताए । बज्रगुरू कान्छाराम जेभीका लक्ष्मण राना सम्पर्कमै नआउने, काम पनि नगर्ने अवस्थाले आजित भएको बताउँदै उनले अब कार्यालय ठेक्का तोड्ने अवस्थामा पुगिसकेको बताए । ‘घोराहीकै लक्ष्मण राना सम्पर्कमै आउँदैनन् । साइटमा अहिले जिम्मेवार मान्छे कोही छैनन्’– उनले भने ‘जिल्ला प्रशासन कार्यालयको सार्वजनिक सुनुवाईमा काम तत्काल शुरु गर्ने र बाँकी भुक्तानी कार्यालयले दिने सहमति भएको थियो । भुक्तानी दिइयो तर काम भएन ।’ उनले यसरी कामै नगर्ने निर्माण कम्पनीलाई ठेक्का दिएर पार लाग्ने नदेखेपछि ठेक्का नै तोड्ने मनस्थितिमा पुगेको बताए ।

‘मोभिलाईजेशन पेश्की तान्न बैंकमा पत्र काटिसकेका छौं’– उनले भने– ‘ठेक्का तोड्ने प्रक्रिया शुरु भइसक्यो ।’ कार्यालयका अनुसार २०८१ जेठ २८ गते नविल बैंक दरबारमार्गलाई पत्र काटेर पाँच करोड ९० लाख र एक करोड ९५ लाख रूपैयाँ पेश्की फिर्ता गर्न भनिएको छ । आयोजना प्रमुख भण्डारीले निर्माण व्यवसायीले काम गर्छु भनेर विटमिन झारे पनि त्यसको निरीक्षण गर्दा अन्य इक्युपमेन्ट देखा नपरेकोले ठेक्कै तोड्ने तयारी गरिएको बताए ।

यता कामै नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडेर नयाँ ठेक्का प्रकृया शुरु गर्नुपर्ने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले बताउछन । कामै नगरेर सडक अलपत्र पारेपछि पटक–पटक दबाब दिँदा समेत काम नगर्ने निर्माण कम्पनीको संरक्षण गर्न जरुरी नरहको बताए । उनले ठेक्का तोडेर नयाँ प्रक्रियामै जानुपर्ने पक्षमा आफू रहेको बताए । ‘काम गरे जस्तो गर्ने तर कामै नगर्ने पाराले जनताले धेरै दुःख पाइसके अब त्यसरी हुँदैन’– पोख्रेलले भने– ‘काम नगर्ने कम्पनीसँग ठेक्का तोडियोेस् भन्ने पक्षमै हामी छौं ।’ सो सडकलाई बैकल्पिक राजमार्गको रूपमा लिने गरिन्छ । कालाकटे देखि बाकेको सिक्टासम्म पुराउने उदेश्यका साथ निर्माण हुन लागेको सडक बर्षौसम्म पनि निर्माण हुन नसक्दा स्थानीय सास्ती भोक्दै आएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?