ट्रेंडिंग:

>> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह

रात्रीकालिन बजारः पहिलो गासमै ढुंङ्गा

बुटवलको एक रेष्टुरेन्टमा कार्यरत बाउन्सरको छुरा प्रहारबाट मृत्यु, किटानी जाहेरी दिएको डेढ महिनासम्म प्रहरीले दोषीलाई नपक्रेको आफन्तको आरोप ।
२० असार २०८१, बिहीबार
२० असार २०८१, बिहीबार

बुटवल, २० असार । बुटवलको रात्रीकालिन बजार संचालनमा सुरक्षा चुनौती देखिएको छ । यहाँका ब्यवसायीहरूले रात्रीकालिन बजारमार्फत आर्थिक चलायमानको योजना बुनिरहँदा सुरक्षाको चुनौती देखिएको हो । होटल, रेष्टुरेन्टसहित तोकिएको एक क्षेत्रलाई रात्रीकालिन बजार संचालन गर्ने गरि यहाँका ब्यवसायी, स्थानीय सरकार, प्रहरी प्रशासनको योजना थालेको छ । उज्यालोका लागि बत्ति, सिसिक्यामरा, पर्याप्त सुरक्षाको जनशक्ति ब्यवस्था गर्ने भनिएपनि प्रहरी प्रशासन सुरक्षाको प्रत्याभूति दिन सक्ने देखिँदैन ।

रात्रीकालिन पब र नाईट क्लबमा झैंझगडाका घटनाहरू कम भैरहेको बेला बुटवलको मोन्टेना रेष्टुरेन्टमा बाउन्सर काम गर्ने एक युवाकोछुरा प्रहारबाट मृत्यु भएको घटना बाहिरिएको हो । जेठ ३ गते बुटवलको एक रेष्टुरेन्टमा कार्यरत बाउन्सर रबि थापामगरलाई एक युवाले छुरा प्रहार गरेका थिए । रेष्टुरेन्टको सिसिटिभी क्यामरामा घटनाको सबै विवरण कैद भई अपराधी पहिचान समेत खुल्दा प्रहरी भने अभियुक्तलाई पक्रने तर्फ कुनै चासो नदिएको मृतक थापाका आफन्तहरूको गुनासो छ । घटना घटेको दुई दिनपछि नै ज्यान मार्ने उद्योगमा ठाडो उजुरी दिएको काका गम्भिरसिह थापाले बताए । वडा नं. ६ का किशोर कुवर, वडा नं.२ पुस्पन कार्कीको नाम किटान नै गरेको उनी बताउँछन । ‘एउटा घटना घटेको महिना दिनसम्म पनि घटनाका अभियुक्तहरू पक्रने तर्फ प्रहरीको ध्यान गएन ।’—उनले भने । घाईतेको उपचारमा जोड दिँदा यता प्रहरी भने दोषी पक्रनतर्फ लागेको छैन् ।

मोन्टेनमा बाउन्सरको काम गरेका उनी रातीको समयमा सेवा दिँदै आएका थिए । सोही क्रममा घटनाको राती होहल्ला गरेका युवाहरूलाई हल्ला नगर्न भन्दा नै त्यसलाई गलत तरिकाबाट सोचेर एक्कासी क्याबिनमा बसिरहेका उनलाई छुरा प्रहार भएको काका बताउँछन । ‘हामीले सिसिटिभी फुटेजमा प्रष्ट देख्यौ ।’—उनले भने । बोटल र ग्लासहरूबाट प्रहार गरेको उनले बताए । यसक्रममा पटकपटक प्रहरीलाई खबर गर्दा पनि चासो नदिएको उनले बताए । बुटवलमा १७ दिन उपचारपछि थप उपचारको क्रममा काठमाण्डौ टिचिङमा मृत्यु भयो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारवाहीको माग सहित प्रहरीलाई भेट्न गएको उनले बताए ।

घटनाका बारेमा अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । रात्रीकालिन बजार संचालन गर्न ब्यवसायीहरू आन्तरिक सुरक्षामा ध्यान दिन जरुरी रहेको भन्दै त्यही कमजोरी हुदा घटना घटेको उनले दाबी गरे । ‘हामी लागीरहेको छौ ।’—उनले भने । शतप्रतिशत नतिजा दिने गरि लागेको उनले बताए ।

यता राष्ट्रिय युवा संघ नेपाल रूपन्देही जिल्लाले विज्ञप्तीमा बुटवलको सुरक्षामा प्रश्न चिन्ह उठ्ने गरि प्रहरी प्रशासनबाट काम भएका दाबी गरिएको छ । एक युवालाई छुरा प्रहार गरेको सबुतप्रमाण हुँदासमेत घटनाको दोषीलाई पक्रने र कानुनी कारवाही अगाडी बढाउनेतर्फ कुनै चासो नदिएको प्रहरी, प्रशासनलाई आरोप विज्ञप्तीमा लगाईएको छ । छिटोभन्दा छिटो जघन्य अपराधमा संलग्नलाई पक्रेर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग विज्ञप्तीमा गरिएको छ । जिल्ला अध्यक्ष विकास बस्नेतले ढिलासुस्ती र लापरवाही भए संगठन कडा कदम चाल्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?