ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

किसानको आम्दानी बन्दै खोरियाको खयर

खयरको व्यवस्थित र व्यवसायिक खेतीको लागि नर्सरी स्थापनाका लागि स्थानीय सरकारले समन्वय गरेको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारी बताउँछन् । यस वर्ष पिपलडाँडा, रामपुर ढुंगाना वेशीमा नर्सरी स्थापना भएका छन् । खयरको बिरुवाको प्रत्येक वर्ष माग बढ्दै गएको छ ।
२० असार २०८१, बिहीबार
२० असार २०८१, बिहीबार

पाल्पा, २० असार । निस्दी गाउँपालिको वाकामलाङका डमराका बिरमान घर्ती गतवर्ष खयर बिक्रीबाट हात परेको रकमबाट निकै खुसी भए । प्रकृतिले दिएर बारीको काल्नोमा आफै उम्रिएको एउटा खयरको रुख बाट २ लाख ८० हजार रूपैयाँमा बिक्री गरेका थिए ।
पछिल्लो समयमा बिरमान जस्ता गाउँघर कुरेर बसेका किसानको लागि खयर नगदेवालीका रूपमा स्थापित हुन पुगेको छ । गरिबी र विपन्नतामा च्यापिएकी लक्ष्मी पोखरेलले पनि गत वर्ष ५ वटा खयरको रुख बिक्रीबाट २ लाख रूपैयाँ पाउँदा सारै खुसी भएको बताउँछिन । खयरको रुख बिक्रीबाट आएको रकमले घरमा खरको छाना फालेर टिनको छाना राख्न पाउँदा अत्यन्तै आनन्द आएको बताउँछिन । घरमा खरको छाना हुँदा किरा किरी पनि घरमा आउने र वर्षा लागेपछि छाना चुइएर रात काटनै कठिन हुन्थ्यो अब आनन्द भयो भन्दै आफनै कथा सुनाइन ।

कालीगण्डकी उपत्यका, कालीनदी र नस्दी अरूणखोलाका पाखा पखेरामा प्राकृतिक रूपमा आफै उम्रीएका जगंलका रूपमा रूपान्तरित खयर २०६४ साल पछिका समयमा आम्दानीको मुख्य श्रोत बनेको छ । वन ऐन २०४९ जारी भएपछि तत्कालिन सरकारले राजपत्रमा सुचना नै जारी गरेर खयर प्रजातीका रुखहरू कटान गरेर ओसार पसारका लागि पुर्णरूपमा प्रतिवन्ध लगाए पछि नदीका आसपासमा खयर जंगल नै भएको थियो ।

सरकारले खयरको रुख कटानमा पुर्णरूपमा प्रतिवन्ध लगाए पछिका दिनहरूमा घाटहरूमा शव दहन, गाई भैसी बाध्नका लागि भकारो ढिकी जस्तामा प्रयोग भएको रुखलाई नेपाल सरकारले २०६४ साल देखि औद्योगीक कच्चा पद्धार्थ रूपमा परिभाषित गरी खयर कटान तथा ओसार पसारका लागि फुकुवा गरेपछि आम्दानीको संगै रोजगारीको बलियो ढोका खुलेको हो । पाखा पखेरामा उम्रिएका स्थानिय प्रजातीका खयर बाट राम्रो हुन लागेपछि यसै वर्षबाट डिभिजन वन कार्यालयले अभियानका रूपमा व्यावसायीक खेतिको कार्यक्रम थालनी गरेको डिभिजन वन कार्यलयका प्रमुख नारायण देव भट्टराई बताउछन । यसै वर्ष वन कार्यालयले २ लाख विरुवा निसुल्क रूपमा वितरण गरिनेछ ।

यसका लागि आवश्यक तयारी पुरा भएको उनले बताए । जिल्लाको काली गण्डकी जलाधार क्षेत्र बाकामलाङ, रामपुर, हुगीं, गेझा पिपलडाडा, येम्घा खानीगाउ, छेर्लुङ, अर्गली, अरूणखोला, मित्याल, ज्यामिरे, निस्दी खोला जलाधार क्षेत्र अन्तर्गत ढुगांनावेशी क्षेत्र खयरको पकेट क्षेत्र हो ।
पछिल्लो समयमा वन्य जन्तुको कारण खेतियोग्य जमिनमा बाझो हुदै गएको छ । अब बारीमा समेत खयर लगाउन प्रोत्साहन गर्ने उदेस्यले कार्यालयको ४ वटा नविनतम कार्यक्रम अन्तगत काली, अरूणखोला , निस्दी खोला जलाधार क्षेत्रमा खयरको व्यवसायीक खेति बिस्तार कार्यक्रम रहेको कार्यालयका सुचना अधिकारी संयोग बस्नेत बताउछन । एउटा वोट तयारीका लागि १० देखि १२ वर्ष लाग्दछ एक पटक काटिएको बिरुवालाई कटान गर्नको लागि ७ वर्ष लाग्दछ । एउटा वोट १० क्विन्टलसम्मको तौल हुन्छ । किसानले प्रति.के.जी ७० मा बिक्री हुने र बजारको पनि समस्या नभएकाले कृषकहरूको आकर्षण बढेको उनी बताउछन ।
रूपन्देहीको भैरहवा, बाँकेंको नेपालगञ्ज, पर्साको बिरगञ्जमा प्रशोधीत केन्द्र भएकाले सामान्य प्रशोधनका लागि यहाबाट व्यावसायी मार्फत जाने गर्दछ । यहा खयरको कारोवार गर्ने व्यावसायीकहरू १० जना भन्दा बढि छन् । यही व्यावसायमा १ सय भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन ।

जिल्लाको कुल वन क्षेत्र मध्ये ४.२ क्षेत्रफलमा र ३ हजार २ सय हेक्टर क्षेत्रफलमा खयर सिसौ प्रजाती मध्य सबै भन्दा बढि खयर प्रजातीका रुखहरू भएको उनले बताए । डिभिजन वन कार्यालयसंग हातेमालो गरेर खयरलाई व्यवसायिक बनाउन लागेका छन । वगनासकाली गाउपालिकाको यम्घाका वडा अध्यक्ष लक्ष्मी अधिकारी भन्छन्, वडा तहको कार्यक्रमबाट यस वर्ष २ हजार खयरका बिरुवा रोपण गरिने लक्ष्य राखिएको छ । राम्रो आय आर्जन, वन्य जन्तुबाट क्षती नहुने बजारीकरणको लागि सजिलो भएकाले व्यवस्थित र व्यवसायीक खेतिका लागि स्थानिय सरकारले कार्यक्रम नै बनाएको उनले भने ।

खयरको व्यवस्थित र व्यवसायीकखेतिको लागि नर्सरी स्थापनाका लागि स्थानिय सरकारले समन्वय गरेको रभ्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताए । जनताको जिवन स्तर माथि लैजान सहज भएका कारण यसको व्यवसायीक खेति तर्फ जिल्ला वन कार्यालयसंग समन्वय गरेको उनले बताए । यस वर्ष पिपलडाडा , रामपुर ढुंगाना वेशीमा नर्सरी स्थापना भएका छन । खयरको विरुवाको प्रत्येक वर्ष माग बढदै गएकोछ । यस वर्ष पनि माग अनुरूप माग पुराउन कठिन हुन सक्ने कार्यालयका रेन्जर यामलाल पोखरेल बताउछन । गत आर्थिक वर्ष बाहिर निर्यात गर्दा सरकारलाई बुझाउन पर्ने राजश्व वापत १३ लाख रूपैया जम्मा भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राजश्वमा समेत वृद्धि हुने अनुमान गरिएकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?