Butwal Today

८ अर्ब वचत ‘हिनामिना’मा आइडियल यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

एमाले नेता समेत रहेका उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष हुन् ।
१९ असार २०८१, बुधबार
अ+
अ-

काठमाडौं,१९ असार । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै महाराजगञ्ज प्रहरी वृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । एमाले नेता समेत रहेका उप्रेती राष्ट्रिय सहकारी बैंकका अध्यक्ष हुन् ।

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।

पक्राउ पुर्जी जारी रहेकाले उनीहरू पनि हाल फरार छन् ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको थियो ।