Butwal Today

लायन्स मेट्रोसिटीद्वारा हङ्गर रिलिफ कार्यक्रम

१९ असार २०८१, बुधबार
अ+
अ-

बुटवल, १९ असार ।

लायन्स क्लब अफ बुटवल मेट्रोसीटीले आफ्नो नियमित कार्यक्रम अन्तर्गत हङ्गर रिलिफ कार्यक्रम बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा सम्पन्न गरेको छ ।

क्लबका निवर्तमान अध्यक्ष एमजेएफ लायन इन्जिनियर गोविन्द प्रसाद लामिछानेकी सुपुत्री सेविका लामिछानेको जन्मदिनको अवसरमा क्लवले उक्त कार्यक्रम गर्दै आइरहेको छ ।

उक्त अवसरमा क्लवले आश्रममा खाद्यान्न वितरण गरेको छ । उक्त कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग , एरिया ३ का एरिया चिफ लायन शान्ती पाठक पाण्डे, क्लवका संस्थापक अध्यक्ष बिनोद सुवेदी, पुर्व अध्यक्ष उमानाथ अधिकारी, निवर्तमान अध्यक्ष इ.गोविन्द प्रसाद लामिछानेले मन्तव्य राखेका थिए ।

क्लवका अध्यक्ष गोपाल खरेल, कार्यक्रम संयोजकसागर अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए । क्लवले यस्ता सामाजिक कार्यहरु निरन्तर गरिरहने कुरा क्लबका सचिव मनोज गौतमले जानकारी दिए ।