Butwal Today

बबई नदीले बगाएकी युवती मृत फेला

१९ असार २०८१, बुधबार
अ+
अ-

दाङ,१९ असार:

दाङको तुलसीपुरमा नदी तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई बदी तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो ।

खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदी किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

आफन्तीको घरमा जाने क्रममा (आज) बुधबार बिहान सम्झनालाई खोलाले बगाएको थियो । खबर थाहा पाउने बित्तिकै प्रहरीले उनको खोजी कार्य तिव्र पारेको थियो ।