ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका यमनाथ पौडेल

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

बुटवल, १८ असार ।

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ.।

कालिका मानवज्ञान मा.वि. बुटवलमा भएको अधिवेशनले बाँकेका यमनाथ पौडेलको अध्यक्षतामा विज्ञान शिक्षक समाज लुम्बिनी प्रदेश कार्यसमिति चयन गरेको छ.। प्रदेश कार्यसमितिमा रुपन्देहीका दिपक बन्जाडे र दाङ्गका मान बहादुर बस्नेत उपाध्यक्ष, प्युठानका मेघनाथ पौडेल सचिव, पाल्पाका राजन पौडेल सहसचिव र बर्दियाका आशा रजौरे कोषाध्यक्ष र सदस्यहरूमा टेक बहादुर राहाडी (गुल्मी), नारायण वहादुर कुँवर (पाल्पा), सन्तोष कुमार केसी (अर्घाखाँची), रूपा थापा (रुपन्देही), पारसमणी आचार्य (बाँके), केशवराज पन्डित (प्युठान), अर्जुन कुमार न्यौपाने (दाङ), खेमराज तिवारी (रोल्पा) रहेका छन् । समाजको विधान अनुसार विज्ञान शिक्षक समाजका प्रदेश भित्रका सबै जिल्ला अध्यक्षहरु पदेन सदस्य हुने व्यवस्था छ.

अधिवेशनको उद्घाटन समारोहमा कालिका मानवज्ञान मा.वि.का प्रधानध्यापक, दिनेश थापा, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, शिक्षक महासङ्घ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष युवराज तिवारी, शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे तथा स्टानका सचिव मनोज आचार्यले विज्ञान शिक्षा समाजले विज्ञान विषयको क्षेत्रमा विभिन्न उपलब्धिमूलक काम गर्नुपर्ने तथा विज्ञानलाई नवप्रवर्तन र प्रविधिमा जोड दिने, विज्ञानलाई व्यावहारिक बनाउनु पर्ने लगायतका आफ्ना धारणाहरु राख्दै अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको एन जी एस ओ मा प्रथम हुन सफल कालिका मानव ज्ञानका छात्र दिपेश भट्टराइले एस्ट्रोनोमीको बारेमा आफ्नो प्रस्तुति गरेका थिए । फिजिकल सोसाइटीका अध्यक्ष डा. अनन्त पन्थीले भर्चुअल साइन्स ल्याबको बारेमा आफ्नो प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा प्रत्येक जिल्लाबाट सबैभन्दा पहिला विज्ञान शिक्षण गर्ने शिक्षकहरु, एसएमटी एसएमटी विज्ञान शिक्षक, युनेस्को नेपालको आयोजनामा विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश तथा राष्ट्रिय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम हुने बर्दियाका प्राञ्जल ज्ञवाली र कपिलबस्तुका अनुसन्धान पोखरेलका साथै विज्ञान शिक्षक समाज नेपालका १२ वटै जिल्ला संयोजक तथा अध्यक्षहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विज्ञान शिक्षक समाज नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष विकास गौतम, विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेल, राजन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?