Butwal Today

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

१८ असार २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सेयरबजारमा दोस्रोपटक पनि सर्किट लागेको छ। पहिलो सर्किटमा २० मिनेट कारोबार रोकिएको बजारमा अहिले ४० मिनेटका लागि बजार बन्द भएको छ।

कारोबार खुलेको पहिलो १ मिनेटमा ४ प्रतिशतले नेप्से सूचक बढेर पहिलो सर्किट लागेको सेयरबजारमा दोस्रोपटक नेप्से सूचक ५ प्रतिशतले बढेर सर्किट लागेको हो।

दोस्रो सर्किट ५ प्रतिशतको वृद्धि र तेस्रो सर्किट ६ प्रतिशतको वृद्धिपछि लाग्ने गर्छ। सरकार परिवर्तनमा सहमति जुटेसँगै त्यसको असर सेयरबजारमा देखिएको हो। एमालेको सरकार आउने सम्भावनाका बीच बजार बुम भएको हो।