© 2026
बुटवल, १८ असार ।
लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटि, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल इलिट, लायन्स क्लब अफ तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि, लायन्स र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
सोमबार बुटवल अमरपथस्थित रक्तसंचार केद्रमा रक्तसंचार बुटवलको प्रबिधिक सहयोगमा रक्तदान गरिएको हो । नवनिर्वाचित अध्यक्ष भुपेन्द्र अर्यालले पहिलो दिनमा रक्तदान गरेर सामाजिक कामको सुरुवात गरेका हुन् । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने अर्यालले बताए ।
रक्तदान कार्यक्रममा ९१ जनाले रक्तादान गरेका संयोजक दुर्गा आलेले जानकारी दिए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक पुरुषोत्तम भक्त प्रधानाङ्गले ग्लोबल कष्ट ८ वटा सामाजिक कार्य अन्तर्गतलाई जोडदिन आग्रह गरे ।
विगत बर्षहरुमा गर्दै आएका विभिन्न समयका समाजिक क्षेत्रका महत्वपूर्ण र अनुकरणीय कामलाई निरन्तरता दिनुपर्ने उनले बताए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का निबर्तमान गभर्नर अर्जुनमान सौजु, प्रथम भाइस गभर्नर बालाराम भट्टराई, द्वितिय भाइस गभर्नर संदिप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, डिष्ट्रिक कोषाध्यक्ष प्रकाश श्रेष्ठ, जिएस टि कोअडिनेटर आशिष कृष्ण श्रेष्ठ, जिएम कोअडिनेटर एम.एल पाण्डे, ए ओजी विनोद सुवेदी, एरिया ३ चिफ शान्ति पाठक पाण्डे लगायतले बोलेका थिए ।ं
त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रो सिटि अध्यक्ष गोपाल खरेल, लायन्स क्लब अफ बुटवल डायनामिक लेडिजका अध्यक्ष गिता पौडेल, लायन्स क्लब बुटवल संसार अध्यक्ष बोम बहादुर थापा , लायन्स क्लब अफ बुटवल इलिट अरुण कुमार ज्ञवाली, लायन्स क्लब अफ बुटवल तिलोत्तमा स्टार्सका अध्यक्ष विना पौडेल, लायन्स क्लब अफ बुुुुटवल स्मार्ट सिटि अध्यक्ष प्रकाश खनाल र लियो क्लब बुटवल स्टार्श अध्यक्ष विक्रम आचार्य लगायतले आफ्नो धारणा राखेका थिए ।