ट्रेंडिंग:

>> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद

पेट्रोलियमको मूल्यबृद्धि फिर्ता गर

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

नेपालभरी अहिले धमाधम रोपाई चलिरहेको छ । यही बेला किसानलाई भार पर्नेगरि नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढाएको छ । निगमले भाउ बढाउने वित्तिकै ट्याक्टर व्यवसायीले मूल्य बढाएका छन । के निहुँ पाउँ कनिका बुकाउँ भनेजस्तै निगमले मूल्य घटाउँदा नघटाउने तर बढाएको समाचार सार्वजनिक नहुँदै भाउ बढाउने ट्याक्टर व्यवसायीले किसानमाथि शोषण गरिरहेका छन् । वास्तवमा जनतामाथि सवैतिरबाट आक्रमण भैरहेको छ । चाहे त्यो आयल निगमले उपभोक्ताको ढाड सेकेर होस वा व्यवसायीले खेत जोतेको मूल्य बढाएर होस् । उच्च नाफा कमाउनु कुनैपनि मानेमा न्यायसंग हुन सक्दैन । तसर्थ आयल निगमले अव तत्काल पेट्रोलियम मूल्यमा समायोजन गर्नुपर्दछ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटिरहेको छ तर नेपालमा बढिरहेको छ । आयल निगमले आईओसीलाई ऋण चुक्ता गर्ने नाममा विगतदेखि नै पेट्रोलियमको मूल्य बढाउँदै आएको छ । तर, अहिले आईओसीलाई कुनैपनि बक्यौता तिर्न बाँकी छैन । प्रधानमन्त्री प्रचण्डले उपभोक्तालाई राहत दिने भन्दै प्रधानमन्त्रीको सपथ लिएसंगै तेलको मूल्य केही घटाउन आयल निगमलाई निर्देशन दिनुभएको थियो । अव फेरी बेला आएको छ– प्रधानमन्त्रीले नेपाली उपभोक्तालाई राहत दिने हो भने निगमलाई मूल्य घटाउन निर्देशन दिनुपर्दछ । प्रधानमन्त्रीको बोली र व्यवहारमा धेरै फरक देखिएको छ । यो कुनैपनि मानेमा न्यायसंगत हुन सक्दैन् ।

यसअघि पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा उपभोक्तालाई पटकपटक झुक्याउँदै आएको छ । सरकारी स्वामित्वको निगमले नै उचित व्यावसायिक अभ्यास नगरेपछि उपभोक्ताले निजी क्षेत्रबाट के अपेक्षा गर्ने ? त्यसो त नेपाली जनताले समेत सार्वजनिक चासोको बिषयमा आवाज नउठाउँदा आयल निगमको एकाधिकार छ । निगमले जे गरेपनि छुट छ । पहिले विद्यार्र्थीहरूले आवाज उठाएर परम्परा धानीरहेका थिए तर अहिले विद्यार्थीहरू समेत चुप छन । आयल निगमले अहिले धेरै नाफा कमाउने अवस्था छ । यही बेला नाफा थोरै राखेर उपभोक्तालाई धेरै राहत दिनेगरि पेट्रोलियमको मूल्य घटाउनेतर्फ पहल होस् । खासगरी उपभोक्ताले यो बिषयमा अब चासो लिनुपर्ने आवश्यकता छ । असारको रोपाई चलिरहेको बेला किसानलाई थप भार थोपर्ने गरि आयल निगमले गरेको मूल्यबृद्धि कुनैपनि अवस्थामा स्वीकार्य छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि मूल्य बढाउने निगमको प्रवृत्ति रहस्यमय छ । ऋण तिर्ने नाममा निगमले जनताको ढाड सेक्ने काममात्रै गरेको छ । भाउ बढेका बेला आयल निगमले पनि बढाएकै छ । तर, घटाउँदा उपभोक्तालाई थोरै राहत दिने सवालमा निगमको मनपरी गर्ने गरिएको छ । सरकारी भएपनि नेपाल आयल निगमले ब्यापारीक संस्थाको झल्को दिन्छ । निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाए सरकारले घटाउन निर्देशन दिएरपनि किसानलाई मूल्यबृद्धिको मारबाट जोगाउनुपर्छ । रोपाईकै बेला मूल्य बढाउने आयल निगमको नियत सही कदापि होईन । तत्कालै मूल्य बढाउनुपर्ने अवस्था किमार्थ होइन । तसर्थ सरकारको तर्फबाटै उपभोक्तालाई राहत दिन पेट्रोलियमको बढेको भाउ फिर्ता गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?