ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सीमाको ‘बुटिक कल्चर’

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

बुटवल, १७ असार । भनिन्छ ‘‘पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ’’, मानिसको पोशाकले पहिचान समेत दिन्छ । सोही पहिरन संग सम्बन्धीत बुटिक व्यवसाय आफैमा नयाँ चुनौतिको व्यवसाय हो । भिन्न विवाह, समारोह, चार्ड पर्व वा विशेष अवसरमा लगाईने डिजाईनयुक्त विभिन्न प्रकृतिका पोशाक बुटीककोरूपमा रहेका हुन्छन् ।

रूपन्देही जिल्लामा बुटीक व्यवसायको सुरुवात गर्ने व्यक्तिको पहिलो नाममा आउँछ प सीमाशर्मा पाण्डे । भारतको जन्म भएपनि उनी नेपालमा बुटीक व्यवसायमा राम्रो स्थान जमाउन सफल भएकी छिन् । वि.सं. २०७२ सालमा औपचारिक रूपमा फार्म नै दर्ता गरेर काम अगाडी बढाएकी उनले विवाहपछि नेपालमा आएपछि अनौपचारिक रूपमा भने बुटिक क्षेत्रलाई अगाडी बढाएकी थिईन ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामामा उनको सीमसन फेसन डिजाईनिङ्ग इन्सीच्यिुट सञ्चालनमा रहेको छ । बुटीक व्यवसायलाई व्यवसायीकता दिन पर्छ भन्ने मान्यताले अगाडी बढेको उनको यो व्यवसायबाट ४० जना भन्दा बढिले तालिम लिएरव्यवसायीक बुटीक नै स्थापना गरिसकेका छन् ।

“हामी यो क्षेत्रमा बुटिक सम्बन्धी काम गर्ने पहिलो हो भन्दा पनि हुन्छ । यहाँबाट सिकेर धेरैले आफै बुटिक खोल्नुभएको छ । हामी अहिले बुटिक व्यवसायमा खासगरी विद्यार्थीहरूले अडरलिएरआउनुहुन्छ । सोही अनुसारसामान बनाएर विक्रि गर्दै आएका छौं,” उनी भन्छिन् ।
व्यवसायिक तालिम तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) बाट मान्यता प्राप्त गरी उनले तालिम सञ्चालन गर्दै आएकी हुन । पाण्डे केही सयम पहिला दायित्व रतिलोत्तमा नगरपालिकाको आयोजनामा भएको उत्कृष्ट महिला उद्यमीको रूपमा दोस्रो स्थान समेत प्राप्त गर्न सफल भएकी उद्यमी हुन ।

सिमाले विभिन्न निकायले प्रदान गर्ने बुटिक सम्बन्धी तालिम समेत प्रदान गर्दै आएकी छिन्, नयाँ आउने उद्यमशिलता प्रवद्र्धन समेत गर्दै आएकी छिन् । पछिल्लो समयमा स्वदेशमा भविष्य नदेखेरविदेश जाने युवा पुस्ताको लागि स्वदेशमा नै उद्यमशिलतामा जोड दिनको लागि तालिम प्रदान गर्दै आएकी हुन । उनको प्रतिष्ठानले छोटो समयको तालिमदेखि एड्भान्स लेभलको तालिम समेत चलाउँदै आएको छ । जसमा एक बर्षको कोर्ष देखि १०–१५ दिनको डल कुसन बनाउने तालिम समेत दिँदै आएको छ ।

अहिलेसम्म तालिम दिएकाहरू मध्येबाट ४० जना भन्दा बढि उद्यमीहरूले व्यवसायिक बुटिक सञ्चालन गरेका छन् । जसबाट एउटा बुटिक सेन्टरमा २, ४ जना गरी १ सय २० भन्दा बढिले रोजगारी पाएका छन् । उनले प्रशिक्षण उत्पादनमा विशेष जोड दिएकी छिन्, आफू जस्तै उद्यमी बनाउनको लागि अभियानै चलाएको सिमाको भनाइ छ । प्रशिक्षक, कामदार गरेर हाम्रो फार्मममा ५ जनाले रोजगारी नियमित रूपमा समेत पाएका छन् । वि.सं. २०७२ सालमा १ लाख ५० हजारलागत बाट सुरुवात भएको यो हाम्रो फार्म अहिले २५ लाख लगानी भएको छ । उनी भन्छिन्–‘ डिप्लोमा लेभल, बेसिक लेभल, एड्भान्स लेभलका विभिन्न डिजाईनका कोर्ष चलाउँदै आएका छौं ।’’

महिनामा १ लाख ७० हजाररूपैयाँ आम्दानी हुँदै आएकोमा खर्च कटाएर६६ हजाररूपैयाँ आम्दानी गर्दै आएका उनको भनाई छ । उनि थप्छीन–‘ म यो मानेमा खुसी छु की मैले तालिम चलाएका महिलाहरू यहि बुटवल, मणिग्राम, भैरहवा, दाङ लगायतका स्थानमा आफै बुटीक खोल्न सफल हुनुभएको छ ।’ आफूले दिएको तालिम बाट उद्यमशिलता तर्फ मोडीदै गएको देखेपछि अन्य युवा पुस्ताको लागि समेत प्रेरणा हुने उनको तर्क छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?