Butwal Today

रोल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु

१७ असार २०८१, सोमबार
अ+
अ-

रोल्पा ।

रोल्पाको माडी गाउँपालिका४ परेवाछहरामाजीप दुर्घटना भएको छ । दुर्घटनामा परी एक बालक सहित ८ जनाको मृत्यु भएको वताइएको छ । दुर्घटनामा परी ६ जना घाईते भएका छन् । माडी गाउँपालिका वडा नं. २ घर्तीगाउँ वजारवाट तालावाङ तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

लु.१ ज ३२५२ को उक्त जिप सडकबाट करिव ४०० मिटर तल खसेको थियो । गाडीमा १४ जना यात्रु सवार रहेको वताइएको छ । दुर्घटनाको उद्दार भईरहेको र घाईतेहरुलाई उपचारका लागि स्वास्थ्य चौकी घर्तीगाउँ पुर्याइएको जिल्लाप्रहरी कार्यालय रोल्पाको भनाई छ ।