ट्रेंडिंग:

>> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता

कांग्रेस–एमाले नयाँ सत्ता–समीकरण गर्ने कसरतमा, ओली र देउवा आधा आधा कार्यकाल प्रधानमन्त्री

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

काठमाडौँ ।

मुलुकका दुई ठूला दल काँग्रेस र एमालेबिच नयाँ सत्ता समीकरणका विषयमा छलफल अघि बढेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र अहिलेको सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेबिच सत्ता सहकार्य गर्ने गरी छलफल अघि बढेको हो ।

पृष्ठभूमिमा दुवै दलका दोस्रो काँटीका नेताहरूको धेरै चरणको छलफल र कसरतपछि गत शनिबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए। ओली पनि त्यस दिन पुष्पलाल जन्मजयन्तीका अवसरमा वाम विरादरीका नेताहरू भेला हुने कार्यक्रमको आतिथ्यता छाडेर कांग्रेस सभापतिको दम्पतीलाई घरैमा दहीच्युराले स्वागत गर्न बसेका थिए।

त्यही भेटपछि मुलुकको राजनीतिले ‘नयाँ कोर्स’ समाउन लागेको दुवै दलका नेताहरू बताइरहेका छन्। ओलीनिकट एक नेताका अनुसार, धेरै पहिलादेखिको प्रयास बल्ल नतिजाउन्मुख भएको छ।

ती नेताका अनुसार, कांग्रेस र एमाले मिलेर संसदको बाँकी कार्यकालमा केही दीर्घकालीन महत्त्वका निर्णय लिने गरी समझदारी विकास भएको छ। त्यसका लागि एउटा बलियो सरकार आवश्यक भएकाले नेतृत्वमा आधा–आधा कार्यकाल (डेढ–डेढ वर्ष) गर्न दुवै पक्ष सकारात्मक छन्।

ओलीलाई पहिला प्रधानमन्त्री बन्न देउवाले नै प्रस्ताव गरेको नेताहरूले बताएका छन्। ओली प्रधानमन्त्री हुँदा कांग्रेसले गृहसहित ९ मन्त्रालय पाउने र एमालेले प्रधानमन्त्रीका अलावा ८ मन्त्रालय पाउने गरी छलफल चलिरहेको छ। डेढ वर्षपछि कांग्रेसले नेतृत्व पाएपछि त्यही सूत्रअनुसार मन्त्रालय सट्टापट्टा हुन सक्नेछ। बाँकी केही मन्त्रालय अन्य दलहरूलाई दिने भनिएको छ।

त्यस्तै प्रदेशहरूमा दुवै दलले ३–३ वटा मुख्यमन्त्री लिने गरी शक्ति साझेदारीको विषय छलफलमा छ।

छलफलको अर्को महत्त्वपूर्ण विषय संविधान परिमार्जन रहेको छ। २०७२ सालमा संविधान सभाबाट जारी भएको संविधानको कार्यान्वयनका क्रममा देखिएका जटिलता, कमी र कमजोरीहरू पहिल्याउँदै तिनको सम्बोधन गर्न उच्चस्तरीय संविधान सुझाव आयोग बनाउने विषय पनि कांग्रेस–एमालेको छलफलमा छ। आयोगको नेतृत्व पूर्वप्रधानन्यायाधीशलाई दिन सकिने गरी छलफल भइरहेको देउवानिकट एक कांग्रेस नेताले जानकारी दिए।

‘संविधानको प्रभावकारी कार्यान्वय र राजनीतिक स्थायित्वका लागि एकपटक रिभिजिट आवश्यक भइसक्यो भन्ने नेतृत्वको बुझाइ छ,’ ती नेताले भने, ‘यसका लागि सदनमा दुई तिहाई मत त आवश्यक पर्छ नै, आम तहको समझदारी र स्वीकार्यता पनि जरुरी हुन्छ। सर्वोच्च अदालतले अहिलेसम्म गरेका संविधानसम्बन्धी फैसलासमेत केलाएर यो काम गर्नुपर्छ।’

धेरैलाई आश्चर्यचकित पार्दै गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार नेपाली कांग्रेसको साथ छाडेर प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय लिएका थिए। दुई वर्षमा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने पूर्वसमझदारी भए पनि एक वर्ष पूरा भएलगत्तै नयाँ कित्तामा हाम फालेका थिए।

त्यसो त प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले नै भूमिका खेलेको थियो। तत्कालीन गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवाले दाबी नछाडेपछि प्रचण्ड ओलीको सहयोग खोज्न बालकोट पुगेका थिए। अहिले ठिक त्यही शैलीमा देउवा बालकोट पुगेपछि हालको वाम–बहुल सत्ता गठबन्धन धर्मराएको विश्लेषण भइरहेको छ।

के गर्लान् प्रचण्डले?
शनिबार देउवा–ओली संवादपछि प्रचण्ड र ओलीका बीचमा दुईपटक एकान्तवार्ता भइसकेका छन्। ती दुवै वार्ता प्रचण्डको सत्तायात्रा लम्ब्याउने विषयमा त्यति फलदायी भएको भन्ने आभास पाइँदैन।

यो गठबन्धन बनेपछि टिकाउनका लागि प्रचण्डकै जोडबलमा माधव नेपालको कोटेश्वरस्थित निवास पुगेका ओली आइतबार तिनै नेपालको पार्टी एकीकृत समाजवादीको कार्यक्रममा शुभकामनासम्म दिन इच्छुक देखिएनन्। अर्थात्, सत्ता गठबन्धनकै एक घटकको कार्यक्रममा नगएर पनि ओलीले प्रचण्डलाई अवश्य केही सन्देश दिइसकेका छन्।

प्रचण्डले आजै साँझ सत्ता गठबन्धनको बैठक बोलाए पनि त्यो बस्ने–नबस्ने यकिन भइसकेको छैन। उनले बैठक बोलाए पनि त्यहाँ ओली पुग्छन् कि पुग्दैनन् भनेर पनि विभिन्न अड्कलबाजी राजनीतिक वृत्तमा भइरहेका छन्।

ओलीले देउवाबाट दृढ वचन पाइसकेका हुन् भने त्यसमा माओवादीलाई पनि सामेल गराउने प्रयास हुन सक्छ। किनभने, संविधान संशोधनको मूल मुद्दामा गणितीय र राजनीतिक दुवै कोणबाट माओवादीको साथ अपेक्षित रहन्छ।

तर, देउवा र ओलीको बीचमा कुनै बलियो समझदारी नबनिसकेको भए प्रचण्ड र देउवाबीच सहकार्यको ढोका खुलै छ। यसबीचमा अन्य शक्तिकेन्द्रहरूको प्रेरणा र प्रोत्साहनले पनि यहाँको राजनीतिको गति र दिशा फरक पार्न सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?