ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

गुल्मीमा १७ प्रतिशत रोपाइँ

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

गुल्मी, १७ असार। असारमहिनाको मध्य भागमा आईपुग्दा गुल्मी जिल्लामा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष यस अबधिमा नौ प्रतिशत मात्र धान रोपाइँ भएकोमा यस पटक धान रोपाइँको प्रतिशत बढेको हो । जिल्लाभरअसारपन्ध्रसम्ममा १७ प्रतिशत फाँटमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसारगत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा शुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त हुन थालेका छन । समयमै धान रोपाइँको लागि आकाशे पानीको भरमा बस्दै आएका किसानहरूका यस पटक समयमै पानी पर्न शुरु गरेपछि सिँचाईको समस्या नपरेको ज्ञान केन्द्रका कार्यालय प्रमुख भण्डारीले बताए ।

गुल्मीको बडिगाढ खोला, चौरासी, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ्ग, शान्तिपुर, मजुवा लगायतका ठाउँहरू धान खेतीकोे लागि उर्वररमुख्य फाँटको रूपमा परिचित छन । गत वर्ष समयमा वर्षा नभएको रपानी नपरेपछि मुलहरू नफुट्दा असारको मध्य समयमा पनि खेतका फाँटहरू सुनसान रउराठ देखिन्थे । तरयो पटक भने त्यस्तो समस्या नरहेको कृषि ज्ञान केन्द्रले बताएको छ ।

किसानहरूले समयमै धानको बिउ राखि सकेका कारण असारको अन्तिम सातासम्म ७५ प्रतिशत फाँटहरूमा धान रोपाइँ सम्पन्न भईसक्ने भण्डारीले जानकारी दिए । गुल्मीमा हाल नौ हजारहेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिदैं आएको छ । जस अन्र्तगत चैते धानको क्षेत्रफल करिब तीन सय हेक्टररहेको छ भने बर्खे धानको क्षेत्रफल आठ हजार ६ सय हेक्टररहेको छ ।

जिल्लामा यस वर्ष तीन सय हेक्टरक्षेत्रफलमा चैते धान लगाइएको छ । गत वर्ष तीन सय ११ हेक्टरक्षेत्रफलमा चैते धान रसात हजारनौं सय हेक्टरक्षेत्रफलमा बर्खे धान रोपिएको थियो । गत वर्ष जिल्लामा करिब २३ हजारमेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गुल्मीमा कुल १७ हजारमेट्रिक टन चामल उत्पादन हुने गर्दछ । तरजिल्लामा उत्पादित चामलले उपभोक्ताहरूको माग धान्न नसक्दा गत वर्ष सात करोड मुल्य बराबरको चामल बाहिरबाट आयात भएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत प्रकाश मरासिनीले बताए । पछिल्लो समयमा बसाईसराई, खडेरी, सिँचाइ, वन्यजन्तु आदिका कारण जिल्लामा धान रोपाइँका क्षेत्रहरू दिनानुदिन घट्दै गएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?