ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लायन्स तिलोत्तमा बुद्धज्योतिमा कृष्ण पन्थीको टिमलाई पद हस्तान्तरण

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

तिलोत्तमा,१५असार ।   लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिमा पद हस्तान्तरण भएको छ । लायन वर्ष २०२३–२४का अध्यक्ष देव बहादुर कुँवर नेतृत्वको टिमले वर्ष २०२४–२५ का अध्यक्ष कृष्णप्रसाद पन्थी नेतृत्वको टिमलाई पद हस्तान्तरण गरेको हो ।

तिलोत्तमाको ड्राइभरटोलमा आयोजित एक औपचारिक कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष पन्थीले लायन्स इन्टरनेसनलको नीति निर्देशन अनुसार क्लबले निस्वार्थ सेवा भावले आफू भन्दा कमजोर वर्ग समुदायलाई सहयोग पुग्ने गरी सामाजिक र मानवीय सेवा कामहरु गर्ने प्रतिवद्धता जनाए ।

क्लबको पहिचान बनेको योगीकुटीको स्मार्ट पार्क र शंकरनगर स्वास्थ्यचौकी परिसरको सामुदायिक पार्कलाई संरक्षण र ब्रान्डिङ् गर्ने,स्थानीय सरकारसंग मिलेर थप पार्क निर्माण , उद्यमशीलता विकास तालीम, पारिवारिक रिफ्रेसमेन्ट कार्यक्रम, उद्घोषण कला तालिम लगायतका कामहरु आफ्नो कार्यकालमा गर्ने अध्यक्ष पन्थीले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष देवबहादुर कुंवरले आफ्नो कार्यकालमा आउट स्ट्याण्डिङ क्लब र आउट स्ट्याण्डिङ पे्रसिडेन्ट अवार्ड पाएको , योकिकुटी पार्क सुन्दरता कायम राख्न आफू सञ्चालक रहेको स्टडी वल्र्डले आर्थिक सहयोग गर्दै आएको जानकारी गराउंदै कार्यकालमा सहयोग पुराएका पदाधिकारी र सदस्यलाई धन्यवाद ज्ञापन गरे भने पुर्व अध्यक्षहरु विष्णु थापा, गंगाराज सापकोटाले क्लबले छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल भएको भन्दै आगामी दिनमा थप क्रियाशील हुन सुझाव दिए ।  कार्यक्रममा नयां सदस्य पुण्यप्रसाद सापकोटा र चार्टर मेम्बर अशोक दर्लामीलाई क्लबमा स्वागत गर्दै सदस्यता प्रदान गरिएको सचिव करन रानाले जानकारी दिए ।

गत वैशाखमा भएको अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद पन्थी,प्रथम उपाध्यक्षमा उपेन्द्रप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा इन्जिनियर बिनोद भन्डारी,तृतीय उपाध्यक्षमा शोभाखर खनाल,चौथो उपाध्यक्षमा मेख बहादुर कुंवर, सचिवमा करन राना,कोषध्यक्षमा हुत राज शर्मा (शंकर) सर्वसम्मत निर्वाचित भएका थिए । यस्तै मेम्बरसीप चेयर पर्सनमा राजेन्द्र शर्मा,क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयरपर्सनमा टिआर शर्मा र सल्लाहकारमा शान्ता कार्की निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?