Butwal Today

पत्रकार महासंघको कार्यालयमा प्रेस युनियनको ताला

१५ असार २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। शुक्रबार राति ९ बजे निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीमा असन्तुष्ट हुँदै युनियनले तालाबन्दी गरेको हो।

महासंघले २२ गते चुनावको मिति तोकेर आज (असार १५ गते) केन्द्रीय तहको उम्मेदवारी मनोनयन कार्यसूची बनाएको छ। तर युनियनले तालाबन्दी गरेपछि पत्रकार महासंघको चुनाव फेरि प्रभावित हुने देखिएको छ।