Butwal Today

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा र बेचन झा पक्राउ

१५ असार २०८१, शनिबार
अ+
अ-

काठमाडौं,१५ असार । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झालाई प्रहरीले पक्राउ गरेको छ।
अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
‘अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो’, शनिबार दिउँसो एसपी अधिकारीले नेपालखबरसँग भने।

प्रहरीका अनुसार झालाई प्रहरीले शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो।