Butwal Today

तुलसीपुरमा कार दुर्घटना हुँदा पाँच जना घाइते

१५ असार २०८१, शनिबार
अ+
अ-

दाङ, १५ असार ।

दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ । कार दुर्घटनामा परी पाँचजना घाइते भएका छन् । शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो ।

कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गम्भीर घाइतेहरूको राप्ती लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते हुनेमा कार चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विजय गिरीको दायाँ हात मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ ।

यसैगरी सोही ठाउँ बस्ने वर्ष २७ का जोयल गिरीको खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । यस्तै तुलसीपुर ११ बस्ने वर्ष २७ का कृष्ण केसीको दुवै हात हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । अवस्था मध्यम रहेका उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।