Butwal Today

कारले अटो र मोटरसाइकललाई ठक्कर दिदा दुई घाइते

१५ असार २०८१, शनिबार
अ+
अ-

दाङ,१५ असार ।

कारले अटाे रिक्सा र माेटर साईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । घाेराही तुलसीपुर सडक खण्ड अन्तरगत घाेराही १४ झिँगाैरामा शनिबार बेलुका ९ बजेतिर कारले ठक्कर दिँदा अटाे रिक्सा चालक र माेटरसाईकल चालक घाईते भएका छन् ।

घाेराहीबाट नारायणपुरतर्फ गईरहेकाे प्रदेश ३- ०१-०२३ च ७३८२ नम्बरको कारले विपरीत दिशाबाट अाईरहेकाे रा १ ह ५७७३ नम्बरको अटाेरिक्सा त्यसपछि रा ३ प ३६४६ नम्बरको माेटर साईकललाई ठक्कर दिएकाे हाे ।

दुर्घटना भए लगत्तै स्थानीय, नेपाल प्रहरीले उद्धार गरि घाईतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन् । घाईतेहरुकाे पहिचान खुल्न बाँकी छ ।

ठक्कर दिए लगत्तै कार चालक फरार भएकाले उनको खाेजी कार्य भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । तीव्र गतिमा रहेकाे कारले विपरीत दिशामा गएर ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कारमा मादक पदार्थ र गिलास पनि भेटिएकाले चालकले मादक पदार्थ सेवन गरेर कार चलाएकाे हुन सक्ने प्रहरीको अनुमान छ ।।।