ट्रेंडिंग:

>> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

उत्सवमै सीमित धान दिवस

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

नवलपुर, १५ असार ।

नवलपरासी पुर्वमा ढिला पानी परेकाले असारको आधातिर बल्ल खेत रोपाई सुरु भएको छ । अहिलेको अवस्थामा असार १५ एक उत्सवको रुपमा मात्र सीमित हुन पुगेको छ ।

वातावरण प्रभावले पनि समयमा पानी पर्न सकेको छैन । सिंचाईका लागि भएका साना खोलानाला, कुलो कुलेसा पनि विकासका नाममा मासिदै गएका छन् । किसानहरु खेत रोप्नका लागि आकासे पानीको भर पर्न बाध्य भएका छन् ।

यस वर्ष समयमा पानी नपरेका कारण पुर्वी नवलपरासीमा धान रोपाई ढिला सुुरु भएको छ । रोपाई साउनको अन्तिम सम्म जान सक्ने र जिल्लाको आठै पालिकामा रोपाई शुुरु भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि विशेषज्ञ संजय ढकालले बताए । किसानका लागि ज्ञान केन्द्रले सक्ने सहयोग गरेको र गरिरहने उनको भनाई छ ।

कृषिको प्रणाली, बिउबिजन समाप्त भएको छ । त्यसैले पनि कृषि पेसा उपेक्षित पेसा बन्न पुगेको छ । अहिलेको कृषि प्रणाली निकै खर्चिलो छ तर उत्पादन ५० प्रतिशत पनि हुन सक्दैन । एकातिर उत्पादनमा ह्रास भएको छ भने अर्काेतिर ज्याला मजदुरी महङ्गो छ । त्यसमाथि विचौलियाका कारणले बजारीकरणमा समस्या भएको पुर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले बताए ।

भित्री मधेशका रुपमा रहेको गण्डकी प्रदेशको समथर जिल्ला पुर्वी नवलपरासी हो । जिल्लामा सिचाईको सुविधा निकै न्युन छ । किसानलाई राज्यले हेर्नुपर्ने दायित्वबाट राज्य बहिर रहेको यसतर्फ राज्यको ध्यान नजाँदा नवलपुरमा पहिलाको तुलनामा उत्पादन घट्दै गएको नेपाल बार एशोसिएशन नवलपुरका अध्यक्ष चेत प्रसाद शर्माले बताए ।

विचौलियाको विगविगिले गर्दा पनि किसान मारमा परेका छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको कृषक बालकृष्ण घिमिरेले बताएका छन् ।

पुर्वी नवलपरासीको कुल १९ हजार ७५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने गरेको र यो जिल्ला धानमा आत्मनिर्भर जिल्लाका रुपमा रहे पनि समयमा पानी नपरेकाले अहिले जम्मा २० प्रतिशत रोपाई भएको छ । दुुई बर्ष अघि ६३ हजार ७८५ मेट्रिक टन धान उत्पादन भएकोेमा गत वर्ष ६९ हजार ३७० मेटिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?