ट्रेंडिंग:

>> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान

बिपन्न महिलालाई तालिम तथा अनुदान

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

कपिलवस्तु, (बुटवल टुडे) १४ असार – कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. १० का २५ बिपन्न महिलालाई तरकारी खेती व्यवसायीक तालिम दिई आय बृद्धि गर्न अनुदान दिईएको छ । प्रकृती चन्द्रमा प्रतिष्ठान कपिलवस्तुको आयोजनामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको चालु आवको राष्ट्रपति महिला शसक्तिकरण जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत उनीहरूलाई सहयोग गरिएको हो ।

वडाका २५ जना बिपन्न महिलालाई जनही २६ हजार दरले ६ लाख ५० हजार खर्च अनुदान (टेवा पुजीँ) दिईएको हो । यस अघि महिलाका लागि आय आर्जनमा सहयोग पु¥याउन ५ दिने व्यवसायिक तरकारी खेती तालिम समेत दिईएको थियो । कार्यक्रममा तालिममा सहभागी महिला र अनुदान बापतको चेक रकम महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम र वडा नम्बर १० का अध्यक्ष शैलेन्द्र कुमार चौधरीले हस्तान्तरण गरेका थिए । कार्यक्रम अन्तर्गत बिपन्न महिला, कोभिड प्रभावित महिला, एकल महिला, हिंसा प्रभावित, कृषी बाहेक नियमित रोजगारी नभएका परिवारका महिलालाई लक्षित गरि सिप बिकासको तालिम दिएर अनुदान रकम हस्तान्तरण गरिएको हो ।

तालिम र अनुदाने लक्षित बर्गको क्षमता अभिबृद्धि तथा स्वरोजगारमुलक पनि आयआर्जन गतिबिधिमा संलग्न हुने नगर प्रमुख अब्दुल कलामले बताए । वडाका बिपन्न र गरिब महिलाको उद्यमशिलता प्रबद्र्धन गर्न कार्यक्रम सहयोगी हुने वडा नम्बर १० का अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताए । तालिम र अनुदानले महिलाहरू जिविकोपार्जन गर्न सक्षम हुने तथा आर्थिक अवस्थामा सुधार आउने आयोजक संस्था प्रकृती चन्द्रमा प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष रोमलाल खनालले बताए ।

तालिम आफूहरूका लागि उपयोगी रहेको र अनुदान रकमले आजआर्जन बृद्धि हुने सहभागी गिता धोबीले बताईन । प्रतिष्ठानले तिनै तहका सरकारको समन्वयमा लक्ष्ति समुदायको सामाजिक परिचालन, क्षमता बिकास, आयआर्जन, जिविकोपार्जन भौतिक पुर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानकी कार्यकारी निर्देशक सरिता श्रीसले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?