ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

यस्तो छ कर्णालीमा विपद् व्यवस्थापनको पूर्वतयारी

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

सुर्खेत, १३ असार ।

मनसुन सक्रिय भएसँगै कर्णाली सरकारले विपद्को पूर्वतयारी योजना बनाएको छ । विपद् व्यवस्थापनका लागि प्रदेशका १० वटै जिल्लामा विभिन्न समिति निर्माण भई तयारी अवस्थामा राखिएको छ ।

विपद् व्यवस्थापनको पूर्वतयारीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्ययोजना समेत निर्माण गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–०८१’ तयार गरी पारित गरेको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए ।

विपद्को समयमा गरिने खोज तथा उद्धार, राहत वितरण तथा मानवीय सहयोग एवम् पुर्नस्थापना तथा पुर्ननिर्माणका विषयहरूमा आधारित रहेर उक्त कार्ययोजना तयार गरिएको छ ।

कर्णाली प्रदेशमा रहेका खोज उद्धार जनशक्ति, उपकरण तथा सामग्रीहरू पनि तयारी अवस्थामै राखिएको छ । बाढी–पहिरोको कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउनको लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, सुरक्षा निकाय, सडक डिभिजन कार्यालय तथा पालिका मातहत रहेका हेभी उपकरणहरू तयारी अवस्थामा रहेको पनि रोकायाले बताए । प्रादेशिक मानवीय सहायता स्थल सुर्खेत र जुम्ला केन्द्र तथा गोदाम घरहरूमा बन्दोबस्तीका सामग्रीहरूको प्रबन्ध गरिएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख रोकायले जुनसुकै समयमा पनि विपद् आउन सक्ने भएकाले सम्पूर्ण सम्यन्त्रलाई तयारी अवस्थामा राखिएको जनाए । ‘आवश्यकता अनुसारको विषयगत समितिहरु बनेका छन्’ उनले भने, ‘अहिले सम्पूर्ण सम्यंत्रहरु २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ ।’

प्रदेशमा ९ वटा विषयगत क्षेत्रहरू सक्रिय रहेको र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी तयारी अवस्थामा रहेको उनले बताए ।

त्यसैगरी तीनवटै सुरक्षा निकायका दुई सय ४५ जना तालिम प्राप्त खोज उद्धार जनशक्ति तयारी अवस्थामा रहेको उनले बताए । आवश्यक परेमा खोज उद्धारको लागि थप जनशक्ति परिचालनको प्रबन्ध तीन वटै सुरक्षा निकायसँग समन्वय गरी परिचालन गर्ने गरिएको रोकायले जनाए । यस्तै विपद् व्यवस्थापनको लागि मानवरहित हवाई यन्त्रको प्रयोग सम्बन्धी तालिम प्राप्त १७ जना दक्ष जनशक्तिको सूची तयार गरी तयारी अवस्थामा राखिएको छ ।

विगतको अनुभव तथा बाढी, पहिरोले परेको प्रभावको तथा प्रतिकार्यको समीक्षालाई आधार मानेर हेर्ने हो भने कर्णाली प्रदेशमा करिब एक तिहाइ जनसंखयालाई खाद्यान्न लगायत मानवीय सहायताको आवश्यकता पर्ने अनुमान गरिएको छ । सोही बमोजिम विषयगत क्षेत्रको कार्ययोजना तयार गरिएको छ । आवश्यक राहत सामग्रीहरूको आँकलन गरी प्रदेश, जिल्ला तथा स्थानीय तहहरूमा विभिन्न विषयगत क्षेत्रका राहत सामग्रीहरूको भण्डारण गरिएको रोकायले जनाए । विपद् प्रतिकार्य योजनामा तीन अर्ब बढी रकम लाग्ने अनुमान गरिएको छ ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष लामो समयसम्म मनसुन सक्रिय रहने हुनाले बाढी पहिरोका घटना बढ्ने अनुमान गरिएको छ । त्यसैगरी भुकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा भुकम्पको कारण दरारहरु आएकाले बाढी पहिरोको जोखिम बढ्ने अनुमान गरिएको रोकायले जनाए ।

कर्णालीमा यस वर्ष ५० हजार चार सय ६४ जनसङ्ख्या मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने आकलन गरिएको छ । यस्तै विपद्बाट ११ हजार ५ सय ४८ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान छ ।

मन्त्रालयका अनुसार २०७१ वैशाखदेखि २०८० चैत्रसम्म १० वर्षको अवधिमा कर्णाली प्रदेशमा एक हजार सात सय ३२ वटा विपद्का घटनाहरू भए । विगत १० वर्षमा मनसुनजन्य विपद्मा परी ६ सय ४६ जनाले ज्यान गुमाएका छन् । जसबाटे एक सय ७० जना बेपत्ता भए । यस्तै एक हजार एक सय ५५ जना घाइते भए । यस अवधिमा दुई हजार तीन सय ७५ वटा घरहरूमा क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?