ट्रेंडिंग:

>> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

दाङमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि 

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

दाङ, १३ असार ।

दाङमा मानव अधिकार हनन्का घटना बढ्दै गएको पाईएको छ । जिल्लामा अंग्रेजी वर्ष सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा १ सय ३७ वटा मानवअधिकार हनन्का घटना अभिलेख भएको पाईएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज बुधबार दाङको घोराहीमा सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै जबरजस्ती करणीका घटना भएका छन् ।

इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्लामा ६ महिनाको अबधिमा जबरजस्ती करणीका ४७ वटा, घरेलुु हिंसाका ५० वटा, हत्याको ९ वटा, दुर्व्यवहारका ५ वटा, यौन दुर्व्यवहारका ५ वटा, बहुविवाहका ४ वटा, बन्द हड्तालका ५ वटा, कुटपिटका ३ वटा तथा जातीय भेदभाव, धरपकड, हत्या प्रयास, आगजनीका १–१ वटा घटना भएका छन् । जिल्लामा बितेको ६ महिनामा लैंगिक हिंसा, बलात्कारजन्य घटना उल्लेख्य भएका तथ्यांकले देखाएको छ ।

लैंगिक हिंसाका घटनामा परिवारभित्रैका व्यक्ति संलग्न रहेको पाईएको छ । सबैभन्दा धेरै पतिले पत्नीमाथि हिंसा गरेको पाइएको छ भने यही अवधिमा पतिले ७ जना पत्नीको हत्या गरेका छन् । जसमा तीन जना सुरक्षा निकायकै व्यक्ति संलग्न भएको समेत तथ्यांकमा उल्लेख छ । जिल्लामा भएका घटना बाहेक विद्यार्थीमाथि दुव्र्यवहार, सिमेन्ट कारखानाबाट सिर्जित धुलो, धुवाँ र ध्वनीले मानवीय स्वास्थ्यको जोखिम, सार्वजनिक यातायातमा महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार, मोही किसानका समस्या, आन्दोलन र उनीहरुमाथि गरिएको दुव्र्यवहार, सहकारी र वैदेशिक रोजगारीका नाममा हुने ठगीजस्ता घटना पनि जिल्लामा उल्लेख्य रुपमा भएको तथ्यांकमा रहेको छ ।

मानव अधिकार सञ्जाल दाङका कार्यवाहक अध्यक्ष श्रीमन न्यौपानेले दाङमा पछिल्लो समय हिंसाका घटनामा वृद्धि हुनु दु:खद कुरा भएको बताए । जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले दाङमा मानव अधिकार उल्लंघनका घटना वास्तवमै बढेको बताए । समाजमा बढ्दो अपराध रोक्न सचेतनासँगै कानुनी साक्षरता व्यापक बनाउन संवेदनशील हुनुपर्ने बताए । नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले मानव अधिकार लागू गर्ने निकाय सम्वेदनशील हुन नसक्दा समाजमा अपराध बढिरहेको तर्क गरे ।

उनले मानव अधिकार हननका घटना रोक्न सबै पक्ष गम्भीर हुनुको विकल्प नरहेको बताए । वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिवद्ध रहेको जनाउँदै पीडामा महिलाहरु धेरै पर्ने भएकाले गोपनीयता कायम गर्दै महिलामैत्री वातावरणमा सेवा दिने काम भईरहेको बताए । घोराही कारागारका योगेन्द्र रिजालले अपराध अनुसारको सजाय भुक्तान गर्न आएको कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न कारागार प्रशासनलाई समेत चुनौति थपिएको बताउनुभयो । घोराही कारागारमा १ सय क्षमता भए पनि चार सयको संख्यामा कैदीबन्दी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?