ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कामाख्यामा मन्दिर परिसरमा विशेष रक्तदान

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

बुटवल, १३ असार ।

पर्यटन प्रवद्र्धनसंगै सामाजिक कार्यको नारासहित होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले आफ्नो २६ औ स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रम गरेको छ । पाल्पा जिल्लाको बसन्तपुरस्थित कामाख्या मन्दिर परिसरमा विहिबार विशेष रक्तदान कार्यक्रमसहित दिवसको शुभारम्भ गरेको हो । लुम्बिनी केबलकार प्रालिको प्रायोजन तथा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहप्रायोजनमा भएको कार्यक्रमको लुम्बिनी केवलकार प्रालिका संचालक समिति सदस्य तेजप्रसाद सुनारले उद्घाटन गरे । त्यस अवसरमा उनले हरेक ब्यावसायिक संघसंस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए । रुपन्देहीका संस्थाहरुसंग समन्वय र सहकार्य गरी अघि बढ्न केबलकार सधै तयार रहेको उनले प्रतिवद्घता जनाए । धार्मिक पर्यटकलाई लक्षित गरी मन्दिर परिसरमा महाआरती शुभारम्भ समेत गरिरहेको छ ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारी स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गरि ३ दिनसम्म मनाउने तयारी भएको बताए । शुक्रबार रामापिथेकस पार्क सरसफाई तथा शनिबार स्थापना दिवसको मुल कार्यक्रम संस्थापक सम्मान, पूर्व अध्यक्षहरुलाई सम्मान घरभाडा छुट गर्ने घरधनीहरुलाई सम्मान, असक्त पूर्व कार्यसमिति सदस्यलाई सहयोग लगायत गरिने उनले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका पुर्व अध्यक्ष समुन्द्र जिसि, याक ब्रिविङ कम्पनी प्रालिका प्रितम गिरी, नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज पोखरेल, नेचुरल स्प्रीट नेपाल प्रा लिका लुम्बिनी प्रदेश इन्चार्ज जीवन घिमिरे, प्रालिका मार्केटिङ म्यानेजर प्रज्वल घिमिरे, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, प्रथम उपाध्यक्ष टंक पराजुली, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्वितीय उपाध्यक्ष प्रेम भट्टराई, महासचिव अर्जुन थापा, सचिव थम्मन भण्डारीले पर्यटन क्षेत्रलाई उकास्ने गरी सरकारको नीतिगत योजना जरुरी रहेको बताए ।

नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र सिद्घार्थनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सहसचिव अर्जुन पोखरेलले बताए ।

यसैबिच लुम्बिनी केबलकार प्रालि र होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीबिच ब्यावसायिक साझेदारी सम्झौता भएको छ । लुम्बिनी केबलकार प्रालिका संचालक समितिका सदस्य तेजप्रसाद सुनार र संघका अध्यक्ष लेखनाथ भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होटल ब्यवसायी संघका सदस्यहरुलाई केबलकारको टिकटमा २० प्रतिशत छुट तथा टिकट बिक्रीमा ब्यवसायीहरुलाई १० प्रतिशत कमिशन समेत उपलब्ध हुने गरी सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?