Butwal Today

उद्यममा जमेको ‘आवास ग्रुप’

१३ असार २०८१, बिहीबार
अ+
अ-

बुटवल, १३ असार
सुर्योदयसँगै बुटवल ट्राफिक चोकका यज्ञश्वर थैवकोे दैनिकी शुरु हुन्छ । तिलोत्तमा नगरपालिकास्थित धाराका सामग्री उत्पादन गर्ने फैक्ट्री, औद्योगिक क्षेत्रमा रहेको सन फिटिङ, गंगोलियाको बेभरेज, पाईप फैक्ट्री, भलुहीको फर्निचर, हेल्मेट फैक्ट्रीमा उनी पुग्छन । कला, संस्कृतिमा समेत रुचि भएका उनी उद्योगमा पुगेर कामको प्रगति बुझ्छन, कामदार भेट्छन । कामदारसँगै बिहानको चियानास्ता गर्छन । अर्का भाई महेश थैव पनि उनलाई यसमा साथ दिन्छन । डेढ दर्जन बढी उद्योग र ब्यापार प्रतिष्ठान चलाएको यो आवास ग्रुपले नयाँ उचाई लिएको छ ।
उद्योग र ब्यापारलाई एउटै सिक्काका दुई पाटाका रूपमा हेरिन्छ र ब्याख्या गरिन्छ । उद्योग र ब्यापार दुवै पाटोलाई मिलाएर लैजाँदा बुटवलका थैव परिवार सफल भएका छन । कुनै बेला बुटवलमा कपडा पसलबाट ब्यवसाय शुरु गरेको ऋखिश्वर र लालकुमारी थैवको तेस्रो पुस्तामा आईपुग्दा आवास ग्रुपलाई ब्यापारिक घरानाका रूपमा स्थापित गर्न सफल भएका छन ।

स्याङ्जा बिर्घामा जन्मेका ऋखिश्वर थैव र लालकुमारी थैवका माईला छोरा यज्ञश्वर सानैबाट ब्यापार ब्यवसायमा अगाडि थिए । बि.सं.२०३६ सालमा गल्याङमा हार्डबेयर र अन्य ब्यापारमा राम्रो सफलता हासिल गरेका थिए । नेपालका पहाडी भेग र भारतको ब्यापारिक केन्द्रका रूपमा चिनिएको बुटवलको बारेमा बुझेका उनी यहाँ ब्यापार ब्यवसाय गर्ने निधो गरे । बि.सं.२०५४ सालमा ब्यापारलाई अझ बढाउने गरि परिवारसहित बुटवल झरे । शुरुवातमा बुबा ऋखिश्वर बुटवलको अमरपथमा कपडा पसल चलाए । पूर्वपश्चिम सवारी चल्ने बुटवल निक्कै चहलपहल र ब्यापारीक नाका थियो । नेवार समुदायका उनीहरूसंग कपडासँगै छोराहरू उद्योगतिर पनि चासो दिन थाले । काईला छोरा विश्वेश्वर थैवले एशियन फुटबेयर र साग्रिला फुटवेयर चलाए । जुन त्यो बेला बजारमा नाम कमाएको थियो । चाईनिज जुत्ताले यो उद्योगलाई प्रभावित पार्यो ।

माईला यज्ञश्वर आफ्नो लगन र मेहनतका कारण शंकरनगरमा आवास आल्मुनियम एण्ड स्टिल ईण्डस्ट्रिजबाट बजारमा छाप छोडे । परम्परागत हुँदै नयाँ प्रविधिको ट्रान्जेक्सनल समयमा आम उपभोक्ताको माग अनुसारको नयाँ नयाँ उत्पादनमा जोड दिँदै गए । स्वदेशमा गुणस्तरीय बस्तु तथा सेवा उत्पादन गर्ने लक्ष्यसहित आफूहरू लागेको उनले बताए । नेपालमा नै नयाँ र उदाहरणिय कम्पनीहरू खोलेको उनको दाबी छ ।
उद्योग तथा व्यापार दुबै एकसाथ अघि बढाएका थैव दाजुभाईहरू एभरेष्ट फुड एण्ड बेभरेजमार्फत सफट डिक्स र जुससहितको पेय पदार्थ, मयुर स्टिल एण्ड ईण्डष्ट्रिजमार्फत हेल्मेट र लेगार्ड, टेक्टरको हुड, आवास आल्मुनियम एण्ड स्टिल फर्निचर, लिडर टेप्स एण्ड भल्भ ईण्डष्ट्रिज, मिराज ईण्डष्ट्रिज प्रालिमा कब्जा किल्ला, शुभ लक्ष्मि पोलिमर ईण्डष्ट्रिज, लक्ष्मी स्टिल ईण्डष्ट्रिज, नेशनल रबर ईण्डष्ट्रिज, ज्याकोर ईण्डष्ट्रिज, सन फिटिङ प्रालि, आकृति स्टिल ईण्डष्ट्रिज लगायत उद्योग चलाएका छन । जहा ३ हजार बढी स्थानीय मजदुरले रोजगार पाएका छन । एकीकृत रूपमा उद्योग र ब्यवसायको ब्यवस्थापन आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले हेर्छन ।

करोडौ लगानी भएको उद्योगमा परिवारको तेस्रो पुस्ताका छोराछोरीहरू पनि सक्रिय रूपमा लागेका छन । डेढ दर्जन स्थापित उद्योगमा थैव दाजुभाईहरू बजारको मागलाई गहिरो अध्ययन गरेर त्यसै अनुसारको बस्तु तथा सेवा उत्पादनमा माहिर छन । विश्वब्यापी कोभिड १९ संक्रमण र आर्थिक मन्दीकै कारण पछिल्लोसमयमा धेरै उद्योगहरू धराशायी भएको बेला आवास ग्रुप पनि अछुतो छैन । नेपाली बजारको माग अनुसार हेल्मेटका धेरै प्रकार उत्पादन गरेको थैव ग्रुप मन्दीकै कारण उत्पादन क्षमता घटाएको छ । बजारमा हेल्मेटको माग भने धेरै छ ।

यता घर सजावटदेखी अफिससम्मका सबै खाले फर्निचर उत्पादनले नेपाली बजारको मागलाई धान्न सकेको छैन । ठूलो परिमाणमा विदेशबाट फर्निचरजन्य सामग्रीहरू आयात भैरहेको बेला आवास ग्रुप भने उत्कृष्ट र गुणस्तरीय फर्निचरका सामग्रीहरू उत्पादन गरिरहेको छ । नेपाली बजारको माग धान्न सकेको छैन । विदेशबाट आयात हुने फर्निचरको गुणस्तरकै सामग्री उत्पादन स्वदेशी उद्योगमा गरेको दाबी उनीहरूको छ । ब्याल्याङकेट, होटल र रिर्सोटमा विशेष गरि झुला, अफिस सिरिज, आउटडोर सिरिजमा आवासको फर्निचर र सजावटका सामग्रीहरू खपत भैरहेको छ । यसैगरि लक्ष्मी स्टिलको डोर क्लोजर, सिङक, पाईप फिटिङ, प्लास्टिकका सामग्रीहरू, डुगारी गार्मेन्ट, जुत्ताका साथमा ब्याट्रि समेत उत्पादन भैरहेको छ । लगन र निरन्तरतालाई सफलताको सुत्र मान्ने थैव परिवार नेपाली उद्योगमा उदाहरण बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?