ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

विद्यालय व्यवस्थापन समिति गठनः भागबण्डा नमिलेपछि च्यातियो माईन्युट

बुद्धभूमि नगरपालिका–१ का वडाध्यक्ष तथा बुद्धभूमि नगरपालिकाका नगर प्रवक्ता तेज बहादुर बस्नेत समितिको अध्यक्ष बनाउन सिफारिस गर्ने व्यक्तिलाई समितिको अध्यक्ष मान्न प्रधानाध्यापक तयार नदेखिएपछि वडा अध्यक्ष बस्नेतले माईन्युट च्यातेका हुन् । वडा अध्यक्ष बस्नेतले राम प्रसाद पौडेललाई समितिको अध्यक्ष बनाउने योजनामा थिए ।
१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

चन्द्रौटा (कपिलवस्तु), १२ असार । सिद्धार्थ स्मारक माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया विवादित बनेको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ स्थित विद्यालयमा भागबन्डा नमिलेको र भनेको व्यक्ति नपरेपछि विवादित बनेको हो । विद्यालयमा भागभण्डा र प्रधानाध्यापक डिलाराम पौडेलका आसेपासे नपर्दा विवाद भएको रहस्य खुलेको छ । बुद्धभूमि नगरपालिका–१ का वडा अध्यक्ष तथा बुद्धभूमि नगरपालिकाका नगर प्रवक्ता तेज बहादुर बस्नेत समितिको अध्यक्ष बनाउन सिफारिस गर्ने व्यक्तिलाई समितिको अध्यक्ष मान्न प्रधानाध्यापक तयार नदेखिए पछि वडा अध्यक्ष बस्नेतले माईन्युट च्यातेका हुन् । वडा अध्यक्ष बस्नेतले राम प्रसाद पौडेललाई समितिका अध्यक्ष बनाउने योजनामा थिए ।

समितिमा माओवादी केन्द्रले राम प्रसाद पौडेलको नाम नै सिफारिस गरेको छ । एमालेका कार्यकर्ता रहेका पौडेल स्थानीय निर्वाचनमा एमाले हराउन लागेको आरोपसमेत छ । वडा अध्यक्ष र मेयरमा विपक्षी उम्मेद्वार जिताउन सहयोगी बनेका भन्दै पौडेलका श्रीमती सीता पौडेललाई उपहार स्वरूप सोहि विद्यालयमा शिक्षक नियुक्त गर्ने चलखेल रोखेका प्रधानाध्यापक डिलाराम पौडेलप्रति प्रतिशोध समेत रहेको देखिएको छ । राम प्रसाद पौडेललाई समितिको अध्यक्ष बनाउने संकेत पाएपछि प्रधानाध्यापक पौडल ससंकित भएका छन् । वडा अध्यक्षले राम प्रसाद राख्न खोज्ने प्रधानाध्यापकले आफू अनुकूलका व्यक्ति व्यवस्थापन समितिमा राख्न खोज्दा विवादले ठूलो रूप लिएको छ ।

प्रधानाध्यापक पौडेलले जनप्रतिनिधिलाई नै वायस गर्न खोजेपछि विवादित बनेको विद्यालय व्यवस्थापन समितिको बैठकमै वडा अध्यक्ष बस्नेतले माईन्युट च्यातेको जनाईएको छ । अध्यक्ष बस्नेत र प्रधानाध्यापक बीच यसअघि पनि पटक–पटक बिवाद हुँदै आएको थियो । राम प्रसादले पोल खोल्ने डरले जनप्रतिनिधिलाई वायस हिँड्ने गरेका छन् । माईन्युट च्यातेको स्विकार गर्दै वडा अध्यक्ष बस्नेतले भने ः “प्रअले आफ्ना आसेपासे राखेर समिति निर्माण गर्न खोज्नु भएको छ ।

तर शिक्षा ऐन २०२८ को धारा १ को क ख ग बाट अभिभावक भेलाबाट चुनिएका ४ जना, शिक्षक प्रतिनिधि, र वडा प्रतिनिधि सहितको व्यवस्थापन समिति हुने व्यवस्था छ । उनी वायस गरेर आफ्नो मन मर्जीले आफू अनुकूलका व्यक्ति राख्न खोजेका छन् । कदापि मान्य हुन्न । प्रधानाध्यापकले आफूले भनेको भए मात्रै माईन्युट लेख्ने अन्यथा हातै काटे पनि लेख्दिन भनेका छन् ।” यता प्रधानाध्यापक पौडेललाई सम्पर्क गर्दा फोन भने उठेको छैन् । केन्द्रदेखि स्थानीय तहसम्म सबै दलले विद्यालय क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्ने भन्दै शान्ति क्षेत्रको मान्यतामा लिखित प्रतिबद्धता जनाए पनि सार्वजनिकसँग संस्था भने तीनै दलको खिचातानीका कारण प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?