ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

दाङका १० पालिकाको बजेट ८ अर्ब बढि

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

लमही, १२ असार । स्थानीय सरकारले आइतबार र सोमबार गरी आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था बमोजिम दाङका सबै स्थानीय सरकारले पनि बजेट नीति तथा कार्यक्रम ल्याएका हुन् । दाङका १० स्थानीय सरकारले आगामी आर्थिक वर्षका २०८१/८२ का लागि झण्डै ८ अर्ब ९४ करोड बढीको बजेट ल्याएका छन् । दश स्थानीय सरकारले आठ अर्ब ९४ करोड ३४ लाख ५४ हजार १५८ रूपैंया बराबरको बजेट ल्याएका छन् ।

दाङको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको बजेट अनुमानित बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ७४ करोड १५ लाख २४ हजार र पूँजिगततर्फ १० करोड ३६ लाख विनियोजन गरेको हो ।
नगरसभामा आर्थिक बाडफाड समितिका सभापती तथा वडा नम्बर ३ का अध्यक्ष मुकेश चौधरीले उक्क्त बराबरको बजेट प्रस्तुत गरेका हुन ।
संघीय सरकारको समानिकरण अनुदान १४ करोड ६ लाख,संघीय राजश्व बाँडफाँड१४ करोड ६ लाख,संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख पाँच हजार,पूजिगत तर्फ १० करोड २३ लाख,संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख,अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारको ११ करोड ९६ लाख,प्रदेशसरकारको समपुरक अनुदान १० लाख पाँचहजार, प्रदेश राजश्व वाँडवाँड सवारी कर १७ करोड ६९ लाख,अँनतरीक श्रोत ८आठ करोड १४ लाख,स्थानीय राजश्व बाँडफाँडबाट ६ करोड लाख दुइ हजार,प्रदेशसरकारको सशर्त अनुदान १० लाख पाँच हजार,अनुमान गरिएको छ ।

त्यसैगरि गढवा दाङको गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६७ करोड ३७ लाख २७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।आगमी आर्थिक बर्षको चालु तर्फ ४० करोड ८० लाख ९२ हजार अर्थात् ६०.५७ प्रतिशत र पुँजीगत खर्च २६ करोड ५६ लाख ३५ हजार अर्थात् ३९.४२ प्रतिशत गरी कुल ६७ करोड ३७ लाख २७ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ ।
राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । जसमा चालु आर्थिक बर्षको कुल बजेट ६५ करोड ७६ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ४ प्रतिशतले बढेर ६८ करोड ५९ लाख ७४ हजार बराबरको नयाँ बजेट आएको छ ।

आगमी आर्थिक बर्षको चालु तर्फ ३० करोड ६७ लाख २४ हजार र पुँजीगत ३७ करोड ५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
जसमा मध्ये अहिले चालु तर्फ ९० लाख ७६ हजारले घटेको छ भने पुँजीगत तर्फ ३ करोड ७९ लाख ५० रहेको छ । राजपुर गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ बैठकबाट आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु. ६६ करोड ७९ लाख ५९ हजार ७ सय ७७ रूपैया विनियोजन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३८१ बराबरको बजेट ल्याएको हो । आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रूपैयाँको बजेट विनियोजन गरेको तुलसीपुरले आगामी वर्षका लागि २१ करोड एक लाख ८९ हजार ३८१ रूपैंयाले बढी बजेट ल्याएको हो ।

नगर उपप्रमुख स्यानी चौधरीले सोमबार १५ औ नगरसभाको दोस्रो बैठकमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि चालुतर्फ ६५ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड १८ लाख ५ हजार १५२ बजेट ल्याएको बताइन । यस्तै पुँजीगततर्फ ३३ दशमलव ४१ प्रतिशत अर्थात ६९ करोड ३१ लाख ६३ हजार १९९ बजेट ल्याएको नगर उपप्रमुख चौधरीले बताइन । नगरले आगामी आर्थिक वर्ष २०८१/२०८२ मा शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याएको छ । नगरले शिक्षातर्फ कुल बजेटको ३० प्रतिशत अर्थात ६३ करोड ४२ लाख ४९ हजार बजेट ल्याएको छ । नगर उपप्रमुख चौधरीले स्वास्थमा ४ दशमलव ६२ अर्थात ९ करोड ५९ लाख ४० हजार बिनियोजन गरिएको बताइन ।
यस्तै कृषितर्फबाट नगरले २ दशमलव ६४ प्रतिशत अर्थात् ५ करोड ४८ लाख १४ हजार बजेट बिनियोजन गरेको छ । यस्तै पशु शाखातर्फ २ करोड ११ लाख ८४ हजार ५७५ बजेट बिनियोजन गरेको नगर उपप्रमुख चौधरीले बताइन ।

यस्तै घोराही उपमहानगरपालिकाले पनि आर्थिक बर्ष २०८१/८२ को बजेट ल्याइसकेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि दुई अर्ब ४२ करोड ७७ लाख १८ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ ।

उत्पादन वृद्धिलाई प्राथमिकता, माछा पकेट क्षेत्र बनाइने

लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि ८४ करोड ५१ लाख २४ हजार रूपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । अन्य गाउँपालिकाले सोही अनुपात बजेट सार्वजनिक गरेका छन । सबै पालिकाले भौतिक पूर्वाधार भन्दा सामाजिक बिकास केन्द्रित कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिककता दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?