Butwal Today

सर्पको टोकाइबाट तुलसीपुरमा एकजनाको मृत्यु

१२ असार २०८१, बुधबार
अ+
अ-

दाङ।

तुलसीपुरमा बारीमा घाँस काट्न गएका एकजनाको सर्पले टोकेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मङ्गलबार दिउँसो साढे ३ बजेतिर घर नजिकैको बारीमा घाँस काट्न गएको समयमा  तुलसीपुर उपमहानगरपालिका वडा १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीको सर्पले टोकेर मृत्यु भएको हो ।

मृतकको शबलाई पोस्टमाट्मका लागि प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको प्रहरीले जनाएको छ ।