ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लैंगिक हिंसाको जोखिम विपतमा धेरै

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

दाङ, १२ असार ।

बिपदका बेलामा लैंगिक हिंसाका घटना अझ बढ्ने हुँदा यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिईएको छ ।

बिपदको बेला सबैको ध्यान उद्धार, राहत र पुनस्र्थापना गर्दा लैंगिक हिंसा तथा स्वास्थ्य सेवाका आधारभुत विषय ओझेलमा परेर विभिन्न खालमा समस्या निम्तने हुँदा यसतर्फ सबै गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याईएको छ ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा स्प्रिन्ट परियोजनाको आयोजनामा बुधबार स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि लैंगिक हिंसा र यसले पार्ने प्रभाव बारे आयोजित अभिमुखीकरणमा लैंगिक हिंसाका घटना विपदमा अझ धेरै हुने भएकाले नियामक निकायबाट योजना बनाएर निरुपणको काम गर्नुपर्नेमा जोड दिइएको छ ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुृख राधा पौडेलले हिंसाका घटना न्यूनीकरण गर्न समुदायमा क्रियाशील सबै संघसंस्थाहरु बीच समन्वय र सहकार्य हुनुपर्ने बताइन । प्राय सबैको ध्यान ठूला कुरामा जाने तर साना र ओझेलमा परेका कुरामा चासो नराख्दा यसले पछि ठूलो असर गर्ने हुँदा सबै चनाखो हुनुपर्ने बताइन । हिंसामा परेका महिलाहरूलाई मनोसामाजिक परामर्श गर्नुपर्नेमा जोड दिइन् ।

जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरिक्षक निमा डिसीले विपदमा परेका जुन सुकै हिंसा पीडितको न्यायमा सबै गम्भीर हुन आवश्यक रहेको बताइन । उनले जिल्लामा हरेक वर्ष हिंसाका घटना बढ्दै गएको बताइन् । पछिल्लो समय यौनजन्य हिंसा बढी हुने गरेको बताइन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा सभापति भरतराज देवकोटाले महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ, सस्थाले एकताबद्द भएर काम गर्नुपर्ने बताए ।

स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य नर्सिङ रिता न्यौपानेले पीडितले समयमा न्याय नपाउने तथा कतिपय न्यायको पहुँचमा पुग्न नसकेको अवस्था रहेको बताइन।

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलले विषय सम्वेदनशील भए पनि नीतिगत रुपमा काम गर्ने वातावरण बन्न नसकेको बताइन । कानुनीरूपमा अधिकार भए पनि ब्यबहारिक रुपमा काम गर्न समस्या भएको बताइन् । पीडित महिलाले आफ्नो कुरा राख्दा घर न बारको अबस्था हुने भएकाले पिडा सहेर बस्न बाध्यता भएको बताइन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले विपदमा परेकाहरुलाई मनोविमर्श र सामाजिक न्यायमा पहुँच वृद्धि गर्ने काममा छुट्टै संयन्त्र बनाउनुपर्ने बताइन । अहिले भईरहेका अभ्यास प्रभावकारी बनाउनु पर्नेमा जोड दिइन् ।

महिला स्वास्थ्य स्वयंसेविका बिना खनाल, धना जिसी, कमला गिरीलगायतले परिवारबाट पीडित भएकाहरु अझ बढी मारमा पर्ने गरेको बताउँदै उनीहरुको न्याय र पुनस्र्थापनामा सबैको ध्यान जानुपर्ने बताइन । पीडितलाई न्याय पाउने स्थान र सुनुस्चितता हुनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले गरेका थिए ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?