Butwal Today

कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु

१२ असार २०८१, बुधबार
अ+
अ-

कास्की-

कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन्।

रानाभाटको बुधबार बिहान सवा २ र सुनारको शव ३ बजे मृत अवस्थामा फेला पारिएको कास्की प्रहरीले जनाएको छ।

वर्षाका कारण ब्लक र टिनले बनेको तीन कोठे घरपछाडि माटोको ढिस्को खस्दा कोठामा सुतेका दुई जनामध्ये १३ वर्षीया आयुस्मा पहिरोले पुरिएकी थिइन्।

उनकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारीलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, आरुपाटामा दुई कोठाको कच्ची घर पहिरो आएर भत्किँदा तीन वर्षीय बालक पुरिएका थिए। २७ वर्षीय रितु सुनारलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ। उनको अवस्था चिन्ताजनक छ। अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ।

यस्तै, लमजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेसीसहर नगरपालिका-११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका-३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?