ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

विश्व लागूऔषध बिरुद्धको दिवस

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्र अनुसार हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो बर्षको नारा पनि लागूपदार्थ रोकथामका लागि सामूहिक प्रयास गरौं भन्ने रहेको छ । यो दिवसको उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो । आज यो दिवस मनाउँदै गर्दा लागूपदार्थका कारण विश्वले ठूलो चुनौतिको सामना गर्नुपरिरहेको छ । नेपालकै सन्दर्भमा कुरा गर्दा युवाहरू कुलतको भड्खालोमा पुगेका छन । विश्वमा पछिल्लोसमय लागूऔषधको कारोबार धेरै बढेको देखिएको छ । लागूऔषधको प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९ लाख मानिसको मृत्यु हुने गरेको तथ्याँक सार्वजनिक भएको छ । खुल्ला सिमाना अनि प्रत्यक्ष प्रभावका कारण नेपाल पनि यस समस्याबाट अछुतो छैन । अझ भनौं नेपालमा कलम कापी समाउने हातमा लागूऔषध पुग्ने गरेको छ । यसको प्रयोगले युवाहरू कुलतको बाटोमात्र मात्रै होइन, यसबाट एचआइभी, हेपाटाइटिस लगायतका गंभीर रोगहरू हुने गरेको छ । पछिल्लोसमय नेपालमा लागू औषधको प्रयोग गंभीर चुनौति बन्दै गएको छ । यसको प्रयोगबाट २० देखि २९ वर्षको उमेर समूह सबैभन्दा बढी प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको छ । हाल नेपालमा एक लाख ४० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ । लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा गृह मन्त्रालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । निश्चितरूपमा लागू औषध नियन्त्रणमा अहिलेपनि चुनौति छ । नेपालको युवा जनशक्ति यसको कुलतमा परेको छ । जसको मुक्तिका लागि हामी सवैको सार्थक प्रयास र पहल जरुरी छ । नेपालमा लागू औषधको प्रयोगकर्ता बढ्नु अपराधको दर बढ्दै जानु, लागू औषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ । यसको नियन्त्रणका लागि स्वस्थ, सभ्य र समुन्नत समाज निर्माण गर्नु जरुरी छ । विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति नै दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानी भएको छ । यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत बाधा पुग्नुका साथै स्वस्थ, सभ्य अपराधमुक्त समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौती सिर्जना हुने निश्चित छ । आजको दिवसको अवसरमा नेपाल सरकार, समुदाय अनि सरोकारवालाले लागूपदार्थ नियन्त्रणमा संवेदनशीलताका साथ हातेमालो गर्नु जरुरी छ । आजको दिनमा हामी सबैले लागूऔषधको कारोबार र तस्करका विरुद्ध एक हुने प्रतिवद्धता गर्नु पर्दछ । विश्वमा अहिले अधिकांश लागू औषधका प्रयोगकर्ता अनि कारोबारीहरू युवा नै छन् । उनीहरू कुलतमा लागेका छन । युवा उमेरमा युवाहरू कुलतमा लाग्ने ठूलो जोखिम हुन्छ । घर परिवारले यो उमेरमा आफ्ना सन्तानलाई खुला छोडिदियो भने त्यो उनीहरूका लागि सुनमा सुगन्ध जस्तै हुन्छ । अतः लागूपदार्थ नियन्त्रणमा सवैभन्दा पहिले परिवार, समाज, सरकार र सिंगो राष्ट्रको अह्म दायित्व हो । दिवसको यही अवसरमा लागूऔषध विरुद्ध राष्ट्रिय ऐक्यबद्धता अति आवश्यक छ । नेपाल यो समस्याबाट प्रताडित छ । लागूपदार्थकै कारण व्यक्तिको घर चौपट भएको छ । परिवार लथालिङ्ग भएको छ । लागू औषध प्रयोगकर्तामा देखापरेका गम्भीर स्वास्थ्य समस्या तथा पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले अव यसको सेवन, प्रयोग गर्नेहरूमाथि कडा कारवाही गर्नेतर्फ सरकार पछि हट्नुहुँदैन । लागूऔषध नियन्त्रणका लागि व्यक्ति, समाज र राष्ट्रको एउटै पहल र प्रयासको खाँचो छ । यो दिवसले सवै नेपाली युवाहरूमा यही सचेतना फैलाउन सकोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?