ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

संसदीय अभ्यासमा युवा सभाकै झल्को दिने नमुना युवा प्रदेश सभा

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

बुटवल ।

लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय नगर युवा प्रदेश सभा अभ्यास मंगलबार सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम ११ गते समापन भएको हो । ४ दिने सम्म चलेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका सबै स्थानीय तहको गाउँसभाबाट छनौट भएर आएका युवाको प्रतिनिधित्व गर्ने ४२ जना युवाहरुको सहभागिता रहेको थियो ।

युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था अभ्यास र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले ४ दिने नमुना युवा प्रदेश सभा–२०८१ संचालन गरेको हो ।

कार्यक्रम समापनलाई संबोधन गर्दै युवा परिषद्का उपाध्यक्ष गोविन्द बहादुर खत्रीले युवाहरुको क्षमता र योग्यता पहिचान गरी मेरो देश म बनाउँछु भन्ने उद्देश्यले समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न अनुरोध गरे ।

हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको बताउँदै राष्ट्र निर्माणमा सबै उमेर अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील सहभागी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संवैधानिक पदमा रहेका लुम्बिनी प्रदेश सांसद तथा पूर्व संबिधान सभा सदस्य, पूर्वमन्त्री ईन्द्रजीत थारुले लोकतान्त्रिक प्रणाली शासकीय स्वरुप र राज्य संचालनको प्रक्रिया, सरकार निर्माण प्रक्रिया, बजेट निर्माण, प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा सहजीकरण गरेका थिए ।

सहभागीहरुका अनुसार यस संसदीय अभ्यास कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनीतिक र लोकतान्त्रिक प्रणालीहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । यससँगै संसदीय अभ्यास गर्दै गर्दा आफुमा क्षमता अभिबृद्धि, भाषण कला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञान–सिपको विकास भएको महसुस भएको बताए ।

युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका कर्मचारी डम्बर खराल, प्रशिक्षक प्रकाश उपाध्याय, परिषद्का सदस्य रिया बस्नेत र सरोज खनाल लगायतले बोल्दै यस्ता कार्यक्रमहरुले, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयता र युवाका मुद्दा, सरकारले युवाको नेतृत्व बिकास, लोकतान्त्रिक शासन प्रणाली सुशासन सम्बन्धी युवा सशक्तिकरणका लागि सैद्धान्तिक र व्यावहारिक अभ्यास स्वरुप नमुना युवा सांसद अभ्यासको अबधारणा संघीय सरकारले ल्याएको बताउँदै प्रदेश र स्थानीय तहले पनि युवामैत्री नगरको अबधारणा सहित यस्ता संसदीय अभ्यास कार्यक्रमहरुको सुरुवात गरेको प्रति सरकारलाई धन्यवाद दिएका थिए । युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा यस्तो कार्यक्रमले सहयोग पुग्ने उनहरुले बताए ।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर÷गाउँ सभाको अभ्यास गराइन्छ नगर÷गाउँसभाबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराईन्छ र प्रदेश युवा छनौट गरी संघमा पठाईने आयोजकले बताए ।

युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?