ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

लुम्बिनीका ४ उपमहानगर : कस्को वजेट कति ?

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

बुटवल,११ असार । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि लुम्बिनीका ४ उपमहानगरमध्ये बुटवलले सबैभन्दा ठूलो आकारको वजेट ल्याएको छ । लुम्बिनीमा बुटवल, नेपालगन्ज, घोराही र तुल्सीपुर गरी ४ उपमहानगर छन् । चालु आर्थिक वर्र्षको तुलनामा नेपालगन्ज वाहेक अरु तीन उपमहानगरले वजेटको आकार बढाएका छन् ।
बुटवलले २ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ । बुटवलले चालू वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालू वर्षको तुलनामा उपमहानगरले आगामी वर्षका लागि ६४ करोडले बजेट वृद्धि गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले भने चालु आर्थिक वर्षको तुलनामा १३ करोड घटाएर १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । चालू वर्षका लागि उपमहानगरले १ अर्ब ६३ करोड रुपैयाँको बजेट ल्याएको थियो । २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।
घोराही उपमहानगरपालिकाले २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँ बजेट ल्याएको छ । यो चालू वर्षको तुलनामा २७ करोड रुपैयाँको वृद्धि हो ।
जसमा चालु खर्च १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२.३५ प्रतिशत र पुँजीगत खर्च १ अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात ४७.६५ प्रतिशत रहेको छ । चालू वर्षका लागि घोराहीले २ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट ल्याएको छ । चालू वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २८ करोड रुपैयाँले बढाएको हो । चालू वर्षका लागि १ अर्ब ७९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
उपमहानगरले चालूतर्फ ६५.६३ प्रतिशत र पुँजीगततर्फ ३३.४१ प्रतिशत बजेट विनियोजन भएको छ । चालूतर्फ १ अर्ब ३६ करोड, पुँजीगततर्फ ६९ करोड र वित्तीय खर्चतर्फ २ करोड बजेट विनियोजन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?