Butwal Today

विद्यालयमै आएर भिर मौरीले टोक्दा १३ जना घाइते, प्रअसहित ३ जनाको अवस्था गम्भीर

१० असार २०८१, सोमबार
अ+
अ-

रुकुम पूर्व ।

रुकुम पूर्वमा भिर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

आइतबार विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएको भीर मौरीले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको महत स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीले जानकारी दिए।

उनका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका छन्।

उनीहरुलाई सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको अहेव ओलीले जानकारी दिए।