ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लुम्बिनीमा प्रदेशस्तरीय नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

बुटवल।

राष्ट्रिय युवा परिषद्को समन्वय र लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आज देखि बुटवलमा प्रदेश स्तरिय ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु गरेको छ ।

शनिवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले कार्यक्रमको उद्घाटन गर्दै युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा नमुना युवा प्रदेश सभा सञ्चालन गर्ने गरेको बताए । उनले युवाहरु परिवर्तनका संवाहक भएको बताउदैँ हामी भोलिका कर्णदार हैनौ आजकै साझेदारी हौ भन्ने तर्क सहित हरेक क्षेत्रमा युवाहरु अगाडि बढ्न प्रोत्साहन गरे। अब युवाहरु सामाजिक राजनैतिक र आर्थिक क्षेत्रमा पनि हस्तक्षेपकारी भुमिका निर्बाह गर्दै अगाडि बढ्न सक्यौँ भने हामीले देश परिवर्तनका लागी निर्णायक भुमिका खेल्न सक्छौ उनले भने ।

त्यस्तै परिषद्का उपाध्यक्ष गाेबिन्द बहादुर खत्रीले युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ उनले भने ।

युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न सके पनि राष्ट्रले उनीहरुको उर्जा क्षमता र याेग्यताबाट लाभ लिन सके मात्रे पनि केहि हद सम्म परिवर्तनमा थप टेवा पुगने उनले बताए ।

युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर/गाउँ सभाको अभ्यास गराइन्छ । नगर/गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना सभामा सहभागी गराइने छ र नमुना युवा प्रदेश सभा अभ्यास गरिसकेपछि त्यहाँबाट छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी समेत गराइने उपाध्यक्ष खत्रीले बताए ।

प्रदेशका १२ वटा जिल्लाका पालिकामा नमुना युवा गाउँ/नगर सभा संचालन भएपछि पालिकाबाट सिफारिस भई आएका ४३ जना सहभागीतामा प्रदेश युवा संसद शुरु भएको छ। चारदिन चल्ने अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुलाई नमुना युवा प्रदेश सभा अभ्यासका विभिन्न सत्रमा सामाजिक विकास मन्त्रालयका सचिव बिनोदकुमार खड्का, नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक इन्द्रजित थारु, प्रकाश उपाध्याय, डम्बर खराल, सरोज खनाल लगायतले साशकिय स्वरुप र राज्य संचालनको प्रक्रिया, प्रदेश सभामा कानुन निर्माणको प्रक्रिया, सभामा पेस, छलफल र पारित, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विच अन्तर सम्बन्ध लगायतका विषयमा बहस तथा छलफल गर्ने कार्यकारी सदस्य सरोज खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?