Butwal Today

गोली लोड गरेको बन्दुक सहित एकजना पक्राउ

८ असार २०८१, शनिबार
अ+
अ-

सल्यान, ८ असार । घरको भान्सा कोठामा लुकाइ राखेको भरुवा बन्दुक सहित सल्यानमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षीय शेर बहादुर वलीलाई गोली लोड गरेर राखेको भरुवा बन्दुक सहित पक्राउ गरिएको हो ।

शेर बहादुरले भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा उनको घरको भान्सा कोठाबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका शेर बहादुरलाई खरखजाना सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको सल्यान प्रहरिले जनाएको छ ।