ट्रेंडिंग:

>> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो

राष्ट्रिय परिचय पत्र बनाउने सरकारको नीति सहज, सरल र व्यवस्थित गर्न नागरिक समाजको ध्यानाकर्षण

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

दाङ, ८असार ।

नागरिक समाज दाङले राष्ट्रिय परिचय पत्र बनाउने सरकारको नीतिलाई सहज, सरल र व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न लागेको अवस्थामा हाल जिल्लाको घोराहीस्थित जिल्ला प्रशासन, तुलसीपुर र लमहीस्थित ईलाका प्रशासनमा अशक्त, ज्येष्ठ नागरिक , अपाङ्गता भएका ब्यक्ती लगायत आम नागरिकको भीड बढ्दा सेवा प्रवाह असहज भई दुख पाईरहेको गुनासो आएकाले सेवा विकेन्द्रित गर्दै वडा तहबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन समाजले आग्रह गरेको छ ।

समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको नियमित बैठकले जिल्लाका मुख्य ३ केन्द्रसँगै १० वटा पालिकाका सय वटै वडा तहमा टोली खटाई राष्ट्रिय परिचय पत्र बनाउने तथा वितरण गर्ने व्यवस्था मिलाउँदै सेवा सहज बनाउन जिल्ला प्रशासनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, जिल्लामा संचालित तीन पाङ्ग्रे सवारी साधनको लाईसेन्स, बिलबुक, भाडादर रेट, सवारी संख्या, रुट परमीट, बीमालगायत अतिआवश्यक अभिलेख सवारी चालकहरुको साथमा राख्ने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न गराउन ट्राफिक कार्यालयसहित सम्वद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पछिल्लो समय लागूऔषध दुव्र्यसन तथा मादक पदार्थ सेवनकर्ता बढ्दै जाँदा समाजमा विभिन्न खालका आपराधिक घटना बढ्दै गएको प्रति चिन्ता र चासो व्यक्त गर्दै नागरिक समाजले जिल्लाका सबै स्थानीय तहमा प्रभावकारी अनुगमन गरी नियन्त्रणमा ध्यान दिन स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

खेतीपातीको सिजन शुरु भएको बेला आम किसानले माग गरे अनुसार रासायनिक मल सहज रुपमा उपलब्ध गराउने वातावरण मिलाउन जिल्लास्थित मल वितरक संस्थाको ध्यानाकर्षण गराएको छ ।

यसैगरी, नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा आन्दोलनरत पक्षबाट असार २ गतेदेखि लगाईएको तालाबन्दी प्रति नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको छ । तालाबन्दी गर्ने पक्ष र सरोकारवालाबीच अबिलम्ब वार्ता सम्वाद गरी निकास निकाल्न तथा उच्च अदालत तुलसीपुरबाट विश्वविद्यालयमा तालाबन्दी गर्न नपाउने फैसला अक्षरश कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।

नागरिक समाज आम नागरिकको पक्षमा वकालत गर्ने स्वतन्त्र र खुला प्रतिनिधि संस्थाका रुपमा रहेकाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, निकायबाट सम्पादन गरिने काममा गठित समिति, उपसमितिहरुमा नागरिक समाजका तर्फबाट सो समितिको सदस्यका रुपमा नभई पर्यवेक्षकका रुपमा सहभागी हुने निर्णय भएको समाजका सचिव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?