ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

श्रोतको अनिश्चितताबीच लुम्बिनीको बजेट

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने लक्ष्यसहित लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ४९ करोडले कम हो । सङ्घीय सरकारले दिने विशेष अनुदान, समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान तथा सशर्त अनुदान र आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि हुन नसक्दा प्रदेशको बजेट आकार निरन्तर खुम्चिँदै गएको छ । गत वर्ष पनि बजेटको आकार करिब २ अर्बले घटेको थियो ।

गत वर्ष पूँजीगत खर्च कूल बजेटको ५७.४७ प्रतिशत विनियोजन गरिएकोमा यस वर्ष भने कूल बजेटको ६३.०९ प्रतिशत बिनियोजन गरिएको छ । यो आफैमा एक सुखद सन्दर्भ हो । तर, चालु आर्थिक वर्षको ९ महिना वितिसक्दा लुम्बिनी प्रदेश सरकारले जम्मा ३४.३० प्रतिशत बजेट खर्च गरेको छ । जसमा पुँजीगततर्फ जम्मा ३२.९८ प्रतिशतमात्रै खर्च गरेको छ भने चालुखर्च ३६.९ प्रतिशत खर्च भएको छ । अब आर्थिक वर्षको बाँकी समयमा करिब ६६ प्रतिशत खर्च हुने सम्भावना निकै न्यून देखिन्छ । यस सन्दर्भमा आगामी आर्थिक वर्षको चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत बजेट खर्च हुने सम्भावनामाथि प्रश्न गर्न सकिन्छ । यति मात्र होइन, यस्तो बजेटको आकारमा वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत विनियोजन गरिएको छ । विगतका वर्षहरूमा पनि लुम्बिनी सरकारले आन्तरिक स्रोतका लागि राजस्व सङ्कलन गर्न आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर, लुम्बिनी सरकारले हालसम्म आन्तरिक ऋण शीर्षकमा कुनैपनि रकम लिएको देखिँदैन । यसबाट बजेटको आकार बढाउनैका लागि हरेक वर्ष आन्तरिक ऋण उठाउने शीर्षक राख्दै आएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । यहाँसम्म कि आन्तरिक ऋण कसरी उठाउने भन्ने सन्दर्भमा कार्यविधि समेत बनेको देखिँदैन ।

गत आर्थिक वर्ष लुम्बिनी सरकारले एक अर्ब रूपैयाँ आन्तरिक ऋण संकलन गर्ने लक्ष्य लिएको थियो । त्यसअघिका दुई आर्थिक वर्षमा पनि आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको थियो । चालु आर्थिक वर्षमा पनि एक अर्ब २५ करोड ऋण उठाउने सरकारको लक्ष्य छ । तर आर्थिक वर्ष वितेको नौ महिनासम्ममा एक रुपियाँ पनि आन्तरिक ऋण सङ्कलन भएको छैन । यस सन्दर्भमा आगामी अर्थिक वर्षको लागि छुट्ट््याइएको बजेट आम्दानीका स्रोतहरूमा करिब ४ खर्ब रकम नपुग देखिन्छ । बजेटमा सो रकम कसरी उठाउने भन्ने कुरा उल्लेख नगरिएको हुँदा पक्कै पनि आन्तरिक ऋणकै रूपमा सो स्रोत छुट्ट््याइएको हुन सक्दछ । यस सन्दर्भमा पनि उक्त रकम जुट्ने छाँटकाँट देखिँदैन । त्यसैले लुम्बिनी सरकारको बजेट यथार्थभन्दा बढी मान्न सकिन्छ ।

प्रदेश सरकारका लागि चालू खर्च घटाउने र राजस्व आय बढाउनुपर्ने चुनौति देखिन्छ । यसका लागि अनुत्पादक खर्च घटाउने र अनौपचारिक व्यवसाय एवम् स्वरोजगारका क्षेत्रहरू कहाँ कहाँ राजस्वको पहुँच हुन सकेको छैन, सो क्षेत्रमा राजस्वको सम्भावनाको अध्ययन गरी राजस्वको आधार बढाउनु आवश्यक छ । अनौपचारिक व्यवसायलाई औपचारिक रूपमा दर्ता गराई राजस्वको दायरामा ल्याउन सकिन्छ । लुम्बिनी प्रदेशमा कृषि, पर्यटन र उद्योगको प्रचूर सम्भावना छ । यसका लागि लगानीको लागि पुर्वाधार तयार गरी आन्तरिक एवम् अन्तराष्ट्रिय लगानी आकर्षित गर्नु आवश्यक छ । यसले पनि सरकारको दीर्घकालीन राजस्वको स्रोत व्यवस्थापनमा सहयोग पु¥याउन सक्दछ । लुम्बिनी सरकारले सबैभन्दा बढी राजस्व सङ्कलनका लागि छुट्याएको क्षेत्र भनेको वन क्षेत्र हो । तर, यो क्षेत्रमा राजनीतिक अस्थिरताले जरा गाडेको छ । जसको परिणामस्वरूप राजस्व सङ्कन बढ्न सकेको छैन । त्यसैगरी सरकार गठनमा भएको समस्या र अस्थिरता एवम् कर्मचारी व्यवस्थापनमा चुस्तता र आन्तरिक राजश्व परिचालन तथा व्यवस्थापनमा ठोस कार्ययोजनाको अभाव जस्ता विविध कारणहरूले गर्दा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयनको अभ्यास निकै निराशाजनक देखिन्छ । अब प्रदेश सरकारले स्रोतबिना ठूलो आकारको बजेट बनाउने परम्परालाई तोड्नु जरुरी छ । लक्ष्यअनुसार राजस्व सङ्कलन पनि नहुने र संघले पठाउने अनुदान पनि पूरै नआउँदा सरकारको तिर्नुपर्ने दायित्व पनि बढ्दै गएको सन्दर्भमा बजेटको आकार तय गर्दा वास्तविकताको कसीबाट पनि हेर्नुपर्ने देखिन्छ ।

प्रदेशको कोष तथा लेखा नियन्त्रणको कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा बेरुजु रकम ८२ करोड ४० लाख देखिन्छ । यसले लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ऐन तथा नीति नियम विपरीत पनि हुने गरेको प्रमाणित हुन जान्छ । यसले सरकारको खर्चमा पारदर्शिता र सुशासनको कमी रहेको जनाउँदछ । जसलाई प्रदेश सरकारले यथाशीघ्र सुधार गर्नु आवश्यक छ । प्रदेश सरकारले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’ नारासहित समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य लिएको छ । तर, बजेटमा धेरै नारामात्र छन् । बजेट विकासका लागि ठूलो लगानीभन्दा पनि वितरणमुखी देखिन्छ । त्यसैले बजेटले राखेको लक्ष्य महत्वाकांक्षी छ । बजेटमा ‘किसानको हातः प्रदेशको साथ’, ‘स्वस्थ जीवनको आधारः माटोमा सुधार’, ‘मेरो स्वास्थ्यः मेरो जिम्मेवारी’, ‘पूर्ण सुरक्षित मातृत्व सेवा’, ‘शैक्षिक पूर्वाधारमा सुधारः गुणस्तरीय शिक्षाको आधार’, ‘पढौँ, सिकौँ र उद्यमी बनौँ’, ‘सीपयुक्त युवाः समयको आवश्यकता’, ‘केही गरौँ र सिकौँ’ र ‘विज्ञानमा लगानीः समुन्नतिको थालनी’ जस्ता आकर्षक नाराहरू छन् । यतिमात्र होइन ‘लुम्बिनीका महिलाः आत्मनिर्भरतामा पहिला’, ‘एक घरः एक धारा’को लक्ष्य पूरा गर्न स्थानीय तहसँग सहलगानी–सहकार्यको माध्यमबाट ‘जनतासँग प्रदेश सरकार खानेपानी विकास कार्यक्रम’, ‘उज्यालो प्रदेश; लुम्बिनी प्रदेश’, ‘दुर्घटना न्यूनीकरणमा ट्राफिक विद्यार्थी सँगसँगै’, ‘प्रविधिमैत्री लुम्बिनी कार्यक्रम’ आदि पनि लुम्बिनी प्रदेशको आगामि बजेटका नाराहरू हुन् । पर्यटन प्रबद्र्धन गर्न ‘घुम्न जाउँ बर्दिया’, पर्यापर्यटनको लागि ‘पर्यटनसँग वन कार्यक्रम’, ‘जीवनकालमा कम्तीमा एकपटक लुम्बिनी पाइला टेक’ वन्यजन्यु नियन्त्रणको लागि ‘पीडितसँग प्रदेश सरकार’, ‘खेतबारीका गह्रा सधैँ हराभरा’ जस्ता नाराहरू पनि बजेटमा समेटिएको छ । बजेट अध्ययन गर्दा यस्तो लाग्छ बजेट, बजेट नभएर कुनै नाराहरूको पुलिन्दा हो ।

बजेटको आकार यथार्थभन्दा बढी देखिनु, बजेटमा नाराहरू बढी हुनु, बजेट प्रशासनको अभ्यास फितलो देखिनु, बेरुजु बढ्दै जानु, आन्तरिक ऋण नाममात्रको रहनु जस्ता कुराहरूले बजेट जनतालाई दिग्भ्रमित पार्ने दस्तावेजको रूपमा देखिएको छ । सबैलाई खुसी बनाउने नाममा सस्ता नारा र कनिका छरेसरी बजेट छर्ने प्रवृत्तिलाई हतोत्साहित गर्नु जरुरी छ । राजनैतिक दलहरूका बीच राजनैतिक विचारमा एकरूपता हुन सक्ने अवस्था त हुँदैन तर, आर्थिक मामलामा संवेदनशील भई सबैले चासो दिनु आवश्यक छ । त्यसैले प्रदेश सरकारले आर्थिक एवम् व्यवस्थापनका क्षेत्रका विज्ञहरूको राय सुझाव लिई अर्थनीतिलाई दरिलो बनाउँदै राजस्वको आधार फराकिलो र दीगो बनाउनु आवश्यक छ । समयमै बजेट खर्च गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता हो । खासगरी अनुत्पादक खर्च कम गरी चालू खर्च बजेट घटाउने र पूँजीगत खर्चलाई बढाउने तर्फ ध्यान दिनु आवश्यक छ । साथै राजस्व सङ्कलनका आधारहरू वास्तविक रहून भन्ने कुरामा पनि सचेत हुनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?