ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गोरु तस्करको नयाँ बाटो

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

पाल्पा ।

पुर्व–पश्चिम बाटो गरी गोरुको तस्कर गर्दै आएका तस्करले राजमार्गको क्षेत्रमा प्रहरीले कडाई गरेपछि नयाँ बाटो प्रयोग गर्न लागेका छन् ।

अवैध रुपमा कपिलबस्तुको छोटी भन्सारदेखि भारतीय गोरु नेपाल भित्र्याएका तस्करले पहाडी जिल्लाको राजमार्ग प्रयोग गरेका हुन् । भारतीय गोरु कपिलबस्तुको गाउँगाउँमा संकलन गरी राजमार्गको प्रयोग हँुदै नेपालको पुर्वी सिमाना वगलादेशमा मासुका लागि पठाउँदै आएका तस्करलाई रुपन्देहीको प्रशासनले कडाई गरेका कारण नयाँ बाटो पहिल्याएका हुन् ।

गत फागुनमा रुपन्देहीको वेलवासबाट पाल्पाको नुवाकोट हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गर्ने उद्देश्यले ल्याइएका १७ वटा गोरु पाल्पाको तिनाउ गाउँपालिका दोभानमा प्रहरीले ट्रक सहित नियन्त्रणमा लियो । स्थानीय प्रहरी प्रशासनमा राम्रो पकड जमाउँदै आएको तस्कर समूहले गत वैशाख २५ गते सिद्धार्थ राजमार्ग हुँदै कालीगण्डकी करिडोरलाई प्रयोग गर्दै गैडाकोट पिपलडाँडा खण्डको रामपुर क्षेत्रमा २ वटा ट्रक सहित ढुवानी गरेको बखतमा स्थानीयको पहलमा ४३ वटा गोरु वरामद भएका थिए ।

गोरु तस्कर गर्नेले बलियो पकड राखेपनि रामपुरको शिवसेनाले आक्रोश पोख्न लागेपछि कपिलबस्तु जिल्लाको चन्द्रौटा ए व्रदर्श पशु चौपाया सप्लायर्सले पुनः नयाँ बाटोको प्रयोग गरेको बखतमा गुल्मीको स्थानीय प्रहरी प्रशासनको क्रियाशिलतामा कालीगण्डकी गाउँपालिकाको हर्मीचौरमा एक ट्रक गोरु गत असार ३ गते वरामद भएको थियो ।

कपिलबस्तुको ए ब्रदर्श पशु चौपाया सप्लायर्सले रौतहट जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको समिम देवानलाई पठाउने क्रममा कपिलबस्तुबाट अर्घाखाँची हुँदै रिडी, रिडीबाट हर्मीचौर हुँदै स्याङ्जाको मिर्मीबाट कालीगण्डकी करिडोर प्रयोग गर्दै गैडाकोट निस्कने क्रममा गुल्मीको हर्मीचौरमा वरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ भन्छन्, “पछिल्लो समयमा गोरु तस्करले नयाँनयाँ बाटो प्रयोग गर्दै आउन थालेपछि जिल्ला प्रहरी कार्यालयले यस भन्दा अगाडि पटक पटक फिर्ता पठाउँदै आएको छ ।” पाल्पाको बाटो प्रयोग गर्न नदिएको कारण उनीहरुले गुल्मीको सडक प्रयोग गरेको उनले बताए ।

कपिलबस्तुको तस्कर समूहले सरकारी कागजमा कृषि प्रयोजनको लागि भनेर कागज बनाउँदै आएको र त्यसवापत राज्यलाई राजस्व बुझाउँदै आएको दावी गरेपनि कृषि प्रयोजनको लागि भन्दै कागज बनाए पनि मासुको प्रयोजनका लागि नै बंगलादेश सम्म पठाउने गरेको छ । भारतमा गोरु तस्कर गरी नेपाल भित्र्याउने र कपिलबस्तुको बिभिन्न ठाउँमा संकलन गरी यहाँबाट रौतहट सम्म पठाउने र यहाँबाट यस्तै कागज बनाएर वगलादेश निर्यात गरेको पाइएको छ ।

गोरु ओसार पसारका लागि बर्दघाट दाउन्ने पश्चिमका पशु चिकित्सक डा. टिकाराम न्यौपानेले जेठ २६ गते हस्ताक्षर गरेको कागजी प्रमाण गुल्मीको सुरक्षा निकायले बरामद ग¥यो । कृषि प्रयोजनका लागि कहीं कतै रोक तोक नै हुँदैन । यहाँ त कृषि प्रयोजनका लागि भनेर अन्य प्रयोजन भएका कारण रुपन्देहीको प्रशासन कार्यालयले गोरु तस्करको सवालमा शुन्य सहनशिलता नीति अपनाएपछि तस्कर समूहले अन्य नयाँ बाटाहरु रोज्ने र खोज्ने गरेको हुन सक्ने प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

रुपन्देहीको प्रभाव र असर नवलपरासीमा समेत पर्दा तस्कर समूहले पहाडी जिल्लाको बाटो प्रयोग गर्न थाले । तस्कर समूहले तराईका केही ठाउँमा सुरक्षा निकायका प्रमुखलाई वैधानिकताको दावी गर्दै कानुनी उपचारको लागि अदालती प्रकृया समेत अगाडि बढाएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तुको ट्राफिक पोष्टमा केही समय कार्यरत ट्राफिक प्रहरी नायव निरिक्षक दामोदर मल्ल भन्छन्, “तस्करको संजाल तोड्न सजिलो छ तर माथिल्लो निकाय कमजोर हुदा र प्रलोभनमा फस्दा समस्या उत्पन्न भएको हो ।” आफुले तस्करलाई कानुनी रुपमा मुद्दा दर्ता गराएको उनी बताउँछन् ।

बाटो बाटोमा समातिएका गोरु प्रहरीले भन्सार पठाउने हो । भन्सार कार्यालयले लिलामी गर्ने हो । त्यही लिलामी तस्करले सकार्ने हो । भन्सारको कागज देखाउँदै पुनः पुरानै बाटो वैधानिकता बनाउँदै लैजाने हो । यसलाई रोक्न यहींबाट पहल हुनुपर्ने रामग्राम नगर पालिकाका सन्दिप गौतम बताउँछन् । तस्कर समूहले भारतको ठुला ठुला शहरमा मासुका लागि नै ठुलो परिमाणमा गाई नै पठाउने गर्दछन् । मासुका लागि गाई गोरु तस्कर गर्ने त्यस वापत ठुलो रकम हात पार्न राजनैतिक दलका नेता देखि स्थानीय कार्यकर्ता सम्म संलग्न हुन्छन् ।

सुरक्षा बैठकमा वहस

लुम्बिनी प्रदेशका सबै सुरक्षा निकायहरुको पाल्पाको तानसेनमा जिल्ला प्रशासन कार्यालय पाल्पाको व्यावस्थापनमा असारको पहिलो साता बैठक बस्यो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले यस विषयलाई वहसको विषय बनाएको, गुल्मीको सुरक्षा निकायको ध्यान यस तर्फ केन्द्रित भएका कारण दुई वटा ट्रकमा गोरु भेटिएको हो ।

गुल्मीमा ठुलो परिमाणमा तस्करी गरेका बखतमा गोरु भेटियो र यस विषयमा सत्य तथ्य छानबिन गरिनु पर्ने माग राख्दै सामाजिक अभियान्ता तथा नेपाली काँग्रेसका जिल्ला सचिव जगदिश भट्टराईले सुरक्षा निकायको कमजोरीका कारण तस्करी भएको भन्दै सामाजिक संजाल मार्फत आपति जनाएका छन् । हिन्दु धर्मावलम्बीको परम्परा, संस्कृति र संस्कार अनुरुप ठुलो महत्व राखेको पशु(गाई) को दिन प्रतिदिन तस्करी बढेका र तस्करीमा संलग्न व्यापारीक फर्म वा कम्पनीलाई कडा कारवाही गरिनु पर्ने हिन्दु महासंघको धारणा रहेको कमल पौडेलले बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?