ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लुम्बिनी भारतीय दुतावासको योग दिवस

६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

लुम्बिनी, असार ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन । मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म– अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताए । ‘ योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ’ उनले भने ।

योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनले बताए । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले योगका फाइदाहरूलाई स्वीकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धि पहलहरूमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न समेत आग्रह गरे ।

‘यस प्राचीन अभ्यास को रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा खुसी र आनन्द भएको समेत उनले बताए । कार्यक्रमले नेपाल र भारतविचको साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दुतावासलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउदा यसले पर्यटन प्रवद्र्धन गर्ने बताए । उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए । उनले भगवान बुद्धको जन्मस्थलमा लुम्बिनीको प्रचार प्रसारका लागि भारतीय दुतावासले विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाईदा गर्ने बताए । उनले लुम्बिनी विकास कोषले भारतीय दुतावाससँग सहकार्य गरेर कार्यक्रमहरु गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवद्र्धनका लागि आगामि दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए ।

उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरुको मुख्य गन्तव्य बनाउनुपर्ने बताए । उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकिकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदुताको ध्यानआर्कषण गराए । उनले नाकामा पर्यटकहरुले दुःख पाइरहेको गुनासो आउने गरेको तफ संकेत गर्दै मुख्यमन्त्री र राजदुतको ध्यानआर्कषण गराएका हुन ।

कार्यक्रम अघि नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए । राजदुत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए ।

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राराष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष, विपि कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रुपमा विहिबार नै दिवस मनाएको हो । उक्त अवसरमा सहभागी मुख्यमन्त्री सहितका अतिथिहरुले समेत योग अभ्यास गरेका थिए ।

यो वर्ष “स्वास्थ्यका लागि योग“ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?