ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

खोल्सा व्यवस्थापनमा नमुना अभ्यास

पछिल्लो समय खोलाको ठूला ढुङ्गालाई किनारका दुवै साईडमा थुपार्दा र ग्रेग्रान निकाल्दा कटान र खोलाको बहाव परिवर्तनको समस्या समाधान हुन पुगेको छ ।
६ असार २०८१, बिहीबार
६ असार २०८१, बिहीबार

कपिलवस्तु, ६ असार । कपिलवस्तु जिल्लाका तिन वटा सामुदायिक वन क्षेत्रमा खोल्सा खोल्सी व्यवस्थापनमा नमुना अभ्यास अगाडी बढाइएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको खुत्खुते सामुदायिक वन क्षेत्रको कोईली खोला, कोईलीचौर सामुदायिक वन क्षेत्र र ऋङ्गीघाट सामुदायिक वनले सो अभ्यास अगाडि बढाउँदै आएका हुन् ।

खोल्सा खोल्सीको व्यवस्थापनको क्षेत्राधिकार वन मातहतमा परेसँगै डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा खुत्खुते सामुदायिक वन उपभोक्ता समुहले तिन बर्ष यता कोईली खोलाको खोल्सा खोल्सी व्यवस्थापन गर्दै आएको छ । खोला व्यवस्थापनका क्रममा खोलामा थिग्रीएका ठूला ढुङ्गालाई खोलाको किनारमा थुपारेर नदी कटान रोक्ने र बिचको गेग्रान निकाल्ने गरिएको छ । निकालिएको नदीजन्य सामग्रीको घाटगद्दी पश्चात नापजाँच पुरा गरेर बिक्री बितरण गरिँदै आएको छ ।

यसरी खोला खोल्सा व्यवस्थापनका क्रममा पहिलो बर्ष ३ लाख क्यु फुट, दोस्रो बर्ष १ लाख ८५ हजार क्यु फुट र यस बर्ष ३ लाख क्यु फुट ढुङ्गागिट्टी निकालिएको हो । सो व्यवस्थापनको कारण खोलाको बिचमा पुरिएको भाग खुला भई खोलाले बाढीका बेला आफ्नो धार परिर्वतन गर्न नपाउने अवस्था सिर्जना भएको छ । जसका कारण खोलाको बहाव गाउँ तिर पस्ने जोखिम घटेको छ । बिगतमा खोलाको बीच भागमा ढुङ्गा गिट्टी (गेग्रान) थिग्रीदा बर्षातका बेला पानीको सतह खोला माथी आएर गाउँमा पस्ने जोखिम बढि हुने गरेको भलवाडका स्थानीय पोम प्रसाद अर्यालले बताए ।

खोलाको बहाव खोलाको किनार तर्फ मोडिई किनारामा कटान बढ्दा भर्लाबास, भर्तापुर, पडरिया, बक्सिसपुर र चौवामा कटान र बाढी पस्ने गरेको उनले अनुभव सुनाए । पछिल्लो समय खोलाको ठूला ढुङ्गालाई किनारका दुवै साईडमा थुपार्दा र ग्रेग्रान निकाल्दा कटान र खोलाको बहाव परिर्वतनको समस्या समाधान हुन पुगेको उनले बताए । पहिले खोलाको किनारमा गेबिन जालीले कटान रोक्ने प्रयास गरिँदै आएको भए पनि बिचमा गेग्रान थिग्रिदा खोलाको भेल गाउँतिर फर्किने गरेको अवस्था रहेको खुत्खुते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर पुनले बताए । खोलाको बहाव परिर्वतन हुँदा भर्लाबास गाउँको पश्चिम तर्फ कटानको समस्या बढ्दै गएकोमा अब सो समस्या टरेको उनले अनुभव सुनाए ।

खोल्सा खोल्सी व्यवस्थापनले खोलालाई सुरक्षित बनाउनुका साथै नदीजन्य पदार्थको सहज आपूर्तिलाई सुनिश्चित गरेको छ । जसका कारण स्थानिय रोजगारीको अवसर समेत सिर्जना भएको स्थानीय बताउँछन । खोलामा रहेका ठूला ढुङ्गा दुवै किनारामा लगाउँदा खोलाको किनार सुरक्षित हुनुका साथै बिचको पुरीएको भाग समेत सफाई गर्न सहयोग पुगेको छ । खोेल्सा खोल्सी व्यवस्थापनका लागी सो खोलामा डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो र दोस्रो बर्ष २५/२५ लाख र यस बर्ष ५० लाख रूपैया सामुदायिक वनलाई सहयोग गरेको थियो । सो लगानीले गरिएको खोला व्यवस्थापनको कार्यले लागतको दुई गुणा बढि मुल्यको नदीजन्य पदार्थ संकलन हुनुका साथै खोलाको व्यवस्थापन समेत भएको छ । खोला व्यवस्थापनबाट भएको आम्दानीको १० प्रतिशत व्यवस्थापनमा खटिएको सामुदायिक वनले पाउने व्यवस्था छ ।

बाँकी ९० प्रतिशतलाई १ सय प्रतिशत गणना गरि सोको ७५ प्रतिशत प्रदेश सरकारले र २५ प्रतिशत राजश्व संम्बन्धित स्थानीय तहले पाउने व्यवस्था छ । खोल्सा खोल्सी व्यवस्थापन अन्तर्गत कोईली खोलामा गरिएको खोला व्यवस्थापनको कार्यले चुरे र गाउँबस्तीको संरक्षणमा भुमिका खेलेको डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए । यो मोडलमा काम गर्दा बर्षातको बेला बाढी गाउँमा पस्न नपाउने, खोला आफ्नै लयमा बग्ने र स्थानीय रोजगारी तथा आयआर्जनमा बृद्धि हुने सुवेदीको भनाई छ । लुम्बिनी प्रदेशमै वनको क्षेत्राधिकार भित्र पर्ने खोल्साखोल्सी व्यवस्थापनको कार्य कपिलवस्तु र रूपन्देही जिल्लामा भएको लुम्बिनी प्रदेश वन निर्देशनालयका उपसचिव यज्ञमुर्ति खनालले जानकारी दिए । कपिलवस्तुका तीन वटा सामुदायिक वनसहित रूपन्देहीको देवदहमा बुद्ध सामुदायिक वनले खोला व्यवस्थापनको अभ्यास गरेको उनले बताए ।

कपिलवस्तुको कोईलीचौर सामुदायिक वन उपभोक्ता समूहले यस बर्ष शुरु गरेको खोल्सा खोल्सी व्यवस्थापनको सोही मोडल अनुसार ३ लाख ५० हजार क्यु फिट नदीजन्य पदार्थ संकलन गरि घाटगद्दी गरी सकेको छ । त्यसै गरि ऋङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहले पछिल्लो दुई बर्ष यता भालु खोलाको दुवै किनारमा ढुङ्गा थुपारेर बिचको भाग सफा बनाई बर्षातको पानी नआउँदासम्म गाडी गुडाएर गस्ती गर्न मिल्ने गरि खोला व्यवस्थापन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?