Butwal Today

सर्लाहीमा बस दुर्घटना हुंदा रुपन्देहीका तीनजनाको मृत्यु

६ असार २०८१, बिहीबार
अ+
अ-

बुटवल,६ असार ।   भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस सर्लाहीमा रोकिराखेको ट्रकमा ठोक्किंदा रुपन्देहीका तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका प्रहरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहान ६ बजेतिर यात्रु बस र भारतीय मालबाहक ट्रक आपसमा ठोक्किएका थिए ।

इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीका अनुसार सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो ।

तीव्र गतिमा रहेको बस सडकमा ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किंदा रुपन्देही घर भएका हरिबहादुर चौधरी रुपन्देहीकै ८५ वर्षीय दशरथ कहार र रुपन्देहीको मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो।       उनीहरु सबै बसका यात्रु हुन्। बसमा झण्डै ४१ जना सवार थिए।